AnonymousUser

Logout

कात्तिकमा आयात–निर्यात दुवै घट्यो

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिकमा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको आयात भएको छ।

उत्कृष्ट १६ करदाता सम्मानित

बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारमार्फत कर दाखिला गर्नेमा डाबर नेपाल र विशेष उद्योगमा एशियन पेन्ट्सलाई सरकारले सम्मान गरेको छ।

आफैँ एक ठाउँ नअडिने दुर्गा प्रसाईंले शक्ति ठानेको ऋण मिनाहा ‘कार्ड’

राजसंस्था फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले वित्तीय संस्थाहरूविरुद्ध प्रचार गर्ने र २० लाखसम्म ऋण मिनाहा हुनुपर्ने बताउने गरेका छन्। आफैँले पनि विभिन्न बैंकबाट करिब साढे ५ अर्ब ऋण लिएका छन्।

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

बुधबार नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ अंकमा कायम भएको छ। 

दूधको मूल्य घटेपछि चितवनका किसान निराश

भारतबाट दूध तथा पाउडर आएका कारण नेपालको दूध खपत हुन नसकेको किसानले बताएका छन्। प्रतिलिटर ७९ रुपैयाँमा बिक्री भइरहेको दूध हाल ७० रुपैयाँमा पनि बिक्री हुन छाडेको उनीहरूको गुनासो छ।

७ दिनभित्र सडक बत्तीको मिटर जडान र बक्यौता महसुल तिर्न प्राधिकरणको निर्देशन

सडक बत्तीको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र मिटर जडान नगरेको स्थानमा जडान गर्न प्राधिकरणले स्थानीय तहहरूलाई निर्देशन दिएको छ। 

वित्तीय संस्थाबाट लिएको ऋण नतिर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने

प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिए तिर्दिनँ भन्ने कुराले संविधान, ऐन, कानून, मूल्य, मान्यता तोड्ने र त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताएका छन्।

नेप्से २३.८२ अंकले घटेर १८२९.६५ को विन्दुमा कायम

मंगलबार म्युचुअल फन्ड समूहको उपसूचक ०.४२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

गोरखामा अकबरेको व्यावसायिक खेती, उत्साहित छन् किसान

गोरखा नगरपालिका–१३ का जीतबहादुर भट्टले बर्षौँदेखि बाँझो रहेको १०३ रोपनी जमिन भाडामा लिएर व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेती गरेका छन्।

नाका नखुल्दा बिकेनन् चौँरी, निराश छन् किसान

ताप्लेजुङका हिमाली बस्तीमा बसोबास गर्ने समुदाय चौँरीपालनमा निर्भर हुँदै आएको छ। यहाँका चौँरीको मुख्य बजार चीन हो। तर, नाका बन्द हुँदा किसानले चौँरी बिक्री गर्न पाएका छैनन्।

बिक्री नभएपछि खेतमै कुहिन लाग्यो २५ क्विन्टल सयपत्री

झापामा तिहारको बेला एक करोडको सयपत्री फूल र १० करोडको झिलिमिली बत्ती बिक्री हुने गरेको छ। खुला सीमा भएका कारण भारतबाट सस्तो मूल्यका सयपत्रीका माला चोरी निकासी भएर भित्रिने गरेका छन्। 

भूकम्पपीडितलाई अस्थायी आवास बनाउन १ अर्ब ४१ करोड निकासा

सरकारले जाजरकोट, रूकुमपश्चिम, बझाङ, बाजुरा र सल्ल्यानका भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड रुपैयाँ निकासा गरेको छ। 

आपूर्ति बढेसँगै काठमाडाैँमा सस्तियाे तरकारीकाे भाउ

बजारमा माैसमी तरकारीको आपूर्ति बढेसँगै भाउ घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 

केबुलकारलाई यातायातका रूपमा प्रयोग गर्न आवश्यक: कुलमान घिसिङ

सडक खनेर डाँडाडाँडामा पुर्‍याउनुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ।

अन्तर्राष्ट्रिय विमानस्थल हेरेर खुलेका लुम्बिनी र भैरहवाका होटल बिक्रीमा चढ्दै, पलायन हुँदैछन् व्यवसायी

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न थालेपछि होटल पनि धमाधम खुले। सञ्चालन खर्च उठाएर बैंकको ब्याजसमेत तिर्न होटलको ३५ देखि ४० प्रतिशत कोठा भरिनुपर्छ। तर अहिले १५ प्रतिशत कोठा मात्र सञ्चालनमा छन्।

छठको दिन सुन कतिमा हुँदैछ कारोबार?

आइतबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष

ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा दुई हजार ६०९ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। 

चार महिनामा ३ खर्ब ५५ अर्ब बजेट खर्च हुँदा पुँजीगततर्फ ९.९३ प्रतिशत

चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले कात्तिक मसान्तसम्ममा दुई खर्ब ७६ अर्ब ६४ करोड बराबर राजस्व उठाएको छ।

टिकटकमाथि प्रतिबन्धको असर ‘भर्चुअल’ व्यापारमा

टिकटकका माध्यमबाट चलेको व्यापारले आत्मनिर्भर भई रोजगारी पनि दिइरहेकाहरू सरकारले संवेदनशीलता नदेखाएको गुनासो गर्छन्। तर यस्ता माध्यमबाट मात्र चलाइएका व्यवसाय करको दायरामा नआएको सरकारी अधिकारी बताउँछन्।

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर लागू, एउटाले बढाउँदा अधिकांशले घटाए

वाणिज्य बैंकहरूले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।