विदेशबाट नेपाल भित्रिने सुपारीको भन्सारसहितको मूल्यभन्दा भारतीय बजारको भाउ औसतमा ३६६ रुपैयाँ ७२ पैसाले बढी छ। यही अन्तरबाट फाइदा लिन सुपारी आयात खुलाउने चलखेल दोहोरिने गरेको छ।
१० वटा ट्विनअटर विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको भन्दै उनले यसै आर्थिक वर्षभित्र विमान आइसक्ने बताए।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सञ्चालित ४७ वटा योजना समस्याग्रस्त छन्। त्यसमध्ये १७ वटाका निर्माण व्यवसायी नै सम्पर्कमा छैनन्।
कैलाली जिल्लामा करिब एक हजार २०० हेक्टरमा केराखेती हुने गरेको छ। जसमा ८०० हेक्टर क्षेत्रफल टीकापुर क्षेत्रमा मात्र केराखेती गरिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा रहेका अवसरलाई सूक्ष्म दृष्टिले हेर्न आवश्यक भएकोले गैरआवासीय नेपालीहरू फर्किनुपर्ने बताए।
केन्द्रीय बैंकले बर्सेनि पुराना, झुत्रा भइसकेका वा खुइलिएका नोटहरू फिर्ता लिएर नष्ट गरी नयाँ नोट बजारमा पठाउँदै आएको छ। तर प्रयोगकर्ता सचेत नहुँदा नेपाली नोटहरू औसत आयु नसकिँदै प्रयोगबाट बिदा हुन्छन्।
मंगलबार एनआईबीएल प्रगति फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७.३५ प्रतिशतले बढेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन कम्पनी लिमिटेड, पोखराका प्रमुख वासुदेव उपाध्याय उद्योग मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दशैँमा चिनी आयात हुन नसकेको बताउँछन्।
अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ।
नेपालमा टेस्लाको आधिकारिक बिक्रेता नरहेको अरेत इन्टरनेसनलले हङकङमा दर्ता देखिने साउथ चाइना एक्जिममार्फत गैरकानूनी रूपमा गाडी आयात गरिरहेको छ। प्रक्रिया पूरा नगरी भन्सारबाट कसरी गाडी पास भइरहेका छन्?
मन्त्री भुसालले आन्तरिक उत्पादनमा प्रभाव पर्न नदिन बाहिरबाट दूध आयात गर्न नदिने निर्णय गरिएको बताए।
सोमबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ अंकले ओरालो लागेर ३५५.७४ मा सीमित भएको छ।
अर्थ मन्त्रालय र सरकार मात्रैले अर्थतन्त्रलाई लयमा ल्याउन नसक्ने, यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ।
मध्यपहाडी लोकमार्गको पातीहाल्ने, सीप, निसीखोला, बुर्तिबाङ, बडिगाड हुँदै गलकोट आएका तिलु बुढा मगरलाई भेडा व्यापार नभए फर्काउनुपर्छ कि भन्ने चिन्ताले सताइरहेको छ।
व्यापारीहरू भने विगतका वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको बताउँछन्।
राष्ट्रबैंकले हरेक वर्ष चाडपर्वको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।
बढी उत्पादन पाउने उद्देश्यले रासायनिक मलको अत्यधिक प्रयोग गरिनु, प्राङ्गारिक मलको प्रयोग न्यून मात्रामा हुनु जस्ता कारणले माटोको उर्वराशक्ति घटिरहेको विज्ञहरूले बताएका छन्।
उखु बेचेको सात महिना हुँदासमेत सरकारले अनुदान उपलब्ध गराएको छैन। दशैँको मुखमा पनि अनुदान नपाउँदा किसान निराश भएका छन्।
पर्यटकको सुविधाका लागि स्थानीय पर्यटन व्यवसायी र होटल व्यवसायीको समन्वयमा तिलिचो ताल नजिकै इन्टरनेट सेवा जडान गरिएको छ।
तोक्पेगोलामा याकमार्फत आवश्यक सामग्री ढुवानी गरिन्छ। याकलाई ‘हिमाली ट्रक’ पनि भनिन्छ।