AnonymousUser

Logout

मुस्ताङमा चिस्यान केन्द्र, हट्यो स्याउ कुहाएर फाल्नुपर्ने समस्या

अहिले प्रतिकिलो ९० देखि १०० रुपैयाँ पर्ने स्याउ चिस्यान गृहमा राखेर बेमौसममा बेच्दा दोब्बर बढी मूल्य पाइने कृषकले बताएका छन्। 

माथिल्लो अरुण आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण सहायत जुटाउन विश्व बैंक सकारात्मक

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ।

सर्लाहीको लालबन्दी क्षेत्रमा १३२ केभी प्रसारण लाइनको तार फेर्न अवरोध

रोकिएको काम तत्काल अगाडि बढाउन नसके ढल्केबरबाट थप विद्युत् पश्चिमतर्फ पठाउन नसकी हिउँदमा वीरगन्जलगायतका क्षेत्रमा बाध्यकारी लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने कुलमान घिसिङको भनाइ छ।

घट्न थाल्यो कोदोखेती, माग भने बढ्दो

१० वर्षअघिसम्म पाल्पाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो। तर, अहिले गाउँमा बीउसम्म पाउन मुस्किल पर्न थालेको किसान बताउँछन्।

वित्तीय सुशासनमा माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध : अर्थमन्त्री

आईएमएफ निर्देशक र अर्थमन्त्री डा. महतबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको छ।

व्यापार घाटा कम गर्न सरकारको महत्त्वाकांक्षी योजना, ५ वर्षमा साढे ४ खर्ब खर्च गर्दै

निर्यात बढाएर व्यापार घाटा कम गर्न रणनीतिक योजना बनाएको सरकारले पाँच वर्षमा साढे ४ खर्ब खर्चिंदैछ। यसअघि, २०७३ सालमा बनाइएको रणनीति कार्यान्वयनमा रहे पनि व्यापार घाटा कम हुनसकेको छैन।

एमसीसीअन्तर्गत प्रसारण लाइनका ठेक्का रद्द, नयाँ ठेक्का आह्वान हुने

एमसीए–नेपालले प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा अनुमानभन्दा उच्च लागत प्रस्ताव आएको भन्दै ठेक्का रद्द गरिएको जनाएको छ।

नेपाली हवाईक्षेत्रलाई ईयूको सुरक्षा चासो सूचीबाट हटाउन अर्थमन्त्रीको आग्रह

ईयूले सन् २०१३ देखि नेपालका वायुसेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ, जसका कारण नेपाली वायुसेवा कम्पनीले युरोपको आकाशमा उडान गर्न पाउँदैनन्।

पर्यटन व्यवसायलाई उद्योगमा वर्गीकरण गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

पर्यटनलाई उद्योगको रूपमा अगाडि बढाउन नसके देश आर्थिक रूपमा अघि बढ्न नसक्ने उद्योगमन्त्री रमेश रिजालको भनाइ छ।

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७० करोडको शेयर कारोबार

बिहीबारको कारोबारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ, जसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

टेरामक्स र स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्रीबारे तत्काल निर्णय नगर्न निर्देशन

सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ।

पोखरामा तोरीपानी क्षेत्रबाटै प्याराग्लाइडिङ सञ्चालनको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुंगा पुगेकामा पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको छ।

चिनी अभावः उद्योगीले टेरेनन् मन्त्रीको आग्रह, उद्योगहरूमा भण्डार गरिएको चिनी गएन बजारमा

भण्डारण गरेको चिनी बजारमा पठाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले गरेको आग्रह उद्योगीले बेवास्ता गरेका छन्। उक्त चिनी पेय तथा जुस उद्योगलाई बेचिसकेको उद्योगीहरूको दाबी छ।

उखु बालीमा जंगली हात्ती पसेपछि‍…

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कृषकले लगाएको उखुबाली जंगली हात्तीले सखाप पारेको छ। एकै रातमा आफ्नो डेढ लाख रुपैयाँको उखु नष्ट गरिदिएको स्थानीय रामकृष्ण रानाले बताए।

काभ्रेका ८४९ सहकारीको अवस्था ‘अज्ञात’: जोखिममा नागरिकको बचत

काभ्रेको जनसंख्या तीन लाख ६४ हजार ३९ छ। तर, जिल्लामा सहकारीका सदस्य भने छ लाख ७९ हजार ८१८ रहेका छन्।  

अर्थमन्त्री महत र आईएफसी उपाध्यक्षबीच नेपालमा लगानी बढाउने विषयमा छलफल

अर्थमन्त्री महत र आईएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डोबीचको भेटवार्ताका क्रममा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको बताइएको छ।

नेप्से १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा सीमित, १ अर्बको कारोबार

मंगलबारको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ।

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा जोड्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 

पोल्ट्री व्यवसाय ‘संकट’मा: राज्यले नै उपेक्षा गरेको व्यावयायीको गुनासो

देशभर पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको पोल्ट्री व्यवसाय धान्न नसक्ने अवस्थामा पुगेको व्यावसायीहरूले बताएका छन्। 

हरेक स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले गैरकानूनी तरिकाले खुला सीमामार्फत भित्रिने चिनीलगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।