AnonymousUser

Logout

उखुको अनुदानमा ४० करोड बजेट अपुग, छुट्याइएको रकम पनि पाएनन् किसानले

सरकारले यो वर्षको बजेटमै उखु किसानलाई अनुदान दिन ८० करोड छुट्याएको छ, तर चिनी मिलले दिएको भुक्तानीका आधारमा १ अर्ब २० करोड आवश्यक हुन्छ। कृषि मन्त्रालयले भने न रकम यकिन गरेको छ, न त बाँडेको नै छ।

१८.६० अंकले घट्याे शेयर बजार

आइतबार र साेमबार घटेर मंगलबार बढेकाे नेप्से फेरि बुधबार दोहाेराे अंकले घटेकाे हाे।

उद्योगपति विनोद चौधरीका भारतमा रहेका विभिन्न कम्पनीमा आयकर विभागको छापा

विनोद चौधरीको कम्पनी सीजी र उसको शेयर रहेका अन्य कम्पनीहरूले पनि आयकर छलेको आरोपमा छानबिन भइरहेको समाचार भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि, विद्युत् निर्यात बढ्ने

१३२ केभी प्रसारण लाइनबाट आएको विद्युत् प्रवाहका लागि नयाँ खिम्ती सबस्टेसनमा राखिएको पावर ट्रान्सफर्मरको क्षमताले नधानेपछि नयाँ ट्रान्सफर्मर थप गरिएको हो।

सरकारी स्वामित्वको पसलमै गुणस्तरहीन चिज बिक्री, १० हजार जरिबाना

सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्ट गरेर जरिबानासमेत तिराइएको छ। 

विश्व पर्यटन दिवस मनाइँदै: नेपालमा ८ महिनामा ६ लाख पर्यटक भित्रिए

विश्व पर्यटन संगठनले सन् २०२३ मा नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ। सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए। 

शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्नु गलत: पूर्वअर्थमन्त्री खतिवडा

राष्ट्रबैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको उनकाे भनाइ छ।

कानूनको पालना नहुँदा सरकारको बेरुजु बढ्याे: कावा महालेखापरीक्षक

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बाेल्दै कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन्। 

नेप्से परिसूचक १८.४५ अंकले बढ्याे, २ अर्ब ९ कराेडकाे काराेबार

मेन्छियाम र मनकामना इन्जिनियरिङ हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ।

प्रधानमन्त्रीको चीन भ्रमण: अन्तरदेशीय पूर्वाधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता

सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको लक्ष्य प्राप्तिका लागि विकास आश्यकता पूर्ति गरेर सहजीकरण गर्ने चीनले प्रतिबद्धता जनाएको छ। 

चीनतर्फ पनि विद्युत् व्यापारको ढोका खुल्दै, प्रसारण लाइन निर्माणमा समझदारी

नेपाल र चीनबीच २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको समझदारी भएको हो। समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ। 

बजार अनुगमन गर्न वाणिज्य विभागका १३ टोली, ७० हजार किलो चिनी भएको गोदाममा सिल

वाणिज्य विभागबाट खटिएका टोलीले अहिले दिनको सरदर ४० ठाउँमा अनुगमन  गरिरहेका छन्। अनुगमनका लागि जम्मा १३ वटा टोली खटाइएको छ।

नेपाल चेम्बर अफ कमर्स र 'सीसीपीआईटी'बीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ।

चिनीको माग धान्न सक्ने उद्योग देशमै, तर हरेक वर्ष आयातको भर

देशका १४ वटा उद्योगले माग धान्ने गरी चिनी उत्पादन नगरिरहेको बेला व्यापारीले पनि चाडबाडकै मुखमा आयात ह्वात्तै घटाएका छन्। सरकारले ढिलो गरी भन्सार सहुलियतमा चिनी ल्याउने तयारी गरेकाले मूल्य अकासिएको छ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि र भौतिक पूर्वाधार सुधार आवश्यक रहेको पनि उनले बताए।

दुई महिनामा दुई खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।

नेप्से परिसूचक १९.४२ अंकले ओराले

अघिल्लो साता लगातार ३ दिनको कारोबारमा बढीरहेको नेप्से साताको पहिलो दिन आइतबार भने ओरालाे लागेकाे छ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन पुसभित्र बनाइसक्नुपर्ने

त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन छ। 

राष्ट्र बैंकले १० ग्राम र २५ ग्रामको चाँदीको सिक्का बिक्री शुरू गर्‍याे

गाईकाे चित्र अंकित १० ग्राम सिक्काको एक हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ।

वर्षा र असिनाका कारण बागलुङमा घट्यो स्याउ उत्पादन

चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ढोरपाटन क्षेत्रमा मात्र २०० भन्दा बढी किसानले स्याउखेती गर्दै आएका छन्।