AnonymousUser

Logout

सरकारको अकर्मण्यताका कारण मूल्यवृद्धि उच्च भएको पूर्वअर्थमन्त्री खतिवडाको आरोप

पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकारको अकर्मण्यताका कारण बजारमा मूल्यवृद्धि अनियन्त्रित भएको बताएका छन्।

साउनमा चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँले बचतमा, भित्रियो १ खर्ब १६ अर्ब रेमिट्यान्स

साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ।

नेप्से ४२.१४ अंकले घट्यो, दुई अर्बको कारोबार

आइतबार २७८ कम्पनीको ५६ लाख ५९ हजार कित्ता शेयर ७२ हजार ४७७ पटक खरिद–बिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

चिनी, चामल, गहुँलगायत अत्यावश्यक खाद्यवस्तु अभाव हुन नदिन संसदीय समितिको निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दसैँ, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अत्यावश्यक खाद्यवस्तुहरूको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ।

नेपाल अब ‘ईभी’ युगतिर

दुई वर्षअघि जम्मा २४९ वटा ईभी आयात भएको थियो, गत वर्ष भने चार हजारभन्दा बढी आयात भए। अहिले काठमाडौँमा भइरहेको नाडा अटो शोमा बुकिङ भएकामध्ये ८० देखि ९० प्रतिशत ईभी नै छन्।

प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

कति छ आइतबार फलफूल तथा हरियो तरकारीको मूल्य?

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार ११६ रुपैयाँ रहेको सेतोमूलाको मूल्य आइतबार ९५ तथा ९५ रुपैयाँ प्रतिकिलो रहेको स्थानीय काउली ७० रुपैयाँ तोकेको छ।

मंगलेखानीको सिंगो गाउँ आलु र सिमीखेतीमा

आलुको उत्पादन बढेको र तत्काल सबै उत्पादनले बजार नपाउने अवस्था भएकाले‍ चिस्यानगृह भवन निर्माण गरिदिन स्थानीयले सरकारसँग माग गरेका छन्। 

‘विदेशमा रहेका नेपालीलाई फर्काउने गरी १६औँ पञ्चवर्षीय योजना बनाउँदै छौँ’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औँ पञ्चवर्षीय योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने गरी कार्यक्रम बनाइरहेको बताए।

काठमाडौँका पाँचतारे होटेलमा पाँचखालको मासु र तरकारी

पाँचखालका गोविन्द थपलियाले करिब १५० रोपनीमा सञ्चालन गरेको कृषि फर्ममा तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ। यहाँ २०० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन्। 

निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पेट्रोल प्रतिलिटर १ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ।

काठमाडौँ र ललितपुरका केही स्थानमा ३ दिन विद्युत् अवरुद्ध हुने

तीन वटा प्रसारण लाइन ‘सटडाउन’ गर्दा काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण प्रभावित हुने प्राधिकरणले जनाएको छ।

काठमाडौँमा दूध तथा दुग्धजन्य परिकार खुला रूपमा बिक्री गरे कारबाही

महानगरको कृषि तथा पशुपंक्षी विभागले सूचना जारी गर्दै खुला रूपमा दूध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न अनुरोध गरेको छ। 

कर बढेपछि भन्सारको आँखा छल्दै छ्याप्छ्याप्ती देखियो काजु तस्करी 

दाल, सुपारी, मरिच, छोडा र पोस्तादानापछि अब तस्करीको पालोमा काजु परेको छ। काजु आयातमा तिर्नुपर्ने कर बढेपछि सरकारलाई राजस्वमा नोक्सानी र उपभोक्तालाई महँगो भइरहँदा तस्करलाई भने स्वादिलो बन्दै छ। 

उपकरण बिग्रिएपछि हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिएपछि सिमेन्टको क्लिंकरको उत्पादन अवरुद्ध भएको छ।

अर्थतन्त्रमा गरिएका सुधारको नतिजा देखिन केही समय लाग्छ: मन्त्री महत

अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको भन्दै यसमा राष्ट्र बैंकले लिने नीतिहरूको ठूलो भूमिका रहने उनकाे भनाइ छ।

शिवशिखर र तुलसी सहकारी समस्याग्रस्त घोषित

सर्वसाधरणको अर्बौँ रकम हिनामिना गरेका यी सहकारीविरुद्ध बचतकर्ताको उजुरीपछि सहकारी विभागको सिफारिमा समस्याग्रस्त घोषणा गरीएको भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलले जनाएको छ। 

सहकारी क्षेत्रका संकट समाधानका लागि गठित कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाको स्थिर सम्पत्ति, सञ्चालकको सम्पत्ति बेचेर पनि पीडितहरूलाई चैतभित्रै रकम फिर्ता गर्न कार्यदलले सुझाव दिएको छ। 

भारतसँग उल्टियो सिमेन्ट व्यापारघाटाः १३ महिनादेखि निर्यात उकालो, क्लिंकर आयात ठप्प

दुई वर्षअघिसम्म क्लिंकरको निर्यात शून्य र सिमेन्ट निर्यात नगन्य थियो। तर पछिल्लो १३ महिनामा भारतसँग सिमेन्टको व्यापारनाफा शतप्रतिशत छ। यी दुई वस्तुको आयात ठप्प हुँदा निर्यात लगातार बढिरहेको छ।

लुकाएर राखेकाे ८०० किलाे काजु बरामद

भन्सार छलेर भारतबाट ल्याइएकाे काजु सशस्त्र प्रहरीले बरामद गरेकाे हाे।