AnonymousUser

Logout

सवा ६ अर्ब लगानीको फोहोर पानी व्यवस्थापन परियोजनाः केयूकेएलको टेन्डरमै ‘फिक्सिङ’को आशंका

केयूकेएलले एडीबीको सवा ६ अर्ब ऋणमा बनाउँदै गरेको फोहोर पानी व्यवस्थापन संरचनाको पुरानो ठेक्का तोडेर नयाँ बोलपत्र आह्वान गर्दा कानूनविपरीत हुने गरी शर्तहरू फेरेको छ। कसलाई ठेक्का दिन फेरियो शर्त?

कृषि गणनाको नतिजा: खेती गर्ने जमिन घट्यो, कृषक परिवार ६२ प्रतिशत

नेपालमा कृषि गर्ने जमिन भने घटेको पाइएको छ। नतिजाअनुसार नेपालमा २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा कृषि गरिएको छ। जुन २०६८ सालमा २५ लाख २५ हजार ६३९ हेक्टर थियो।

आँबुखैरेनीको ऐनापहरा: ढुंगाको आकृतिले तान्दै पर्यटक

ऐनापहरामा गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडियो र टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ। गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ र सिसाको पुल बनाउने योजना पनि अगाडि सारेको छ।

सुस्ताएकाे उद्याेग क्षेत्रलाई चलायमान बनाउन ललितपुरमा महिला उद्यमी मेला

८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरू छन्।

सामाजिक सुरक्षा कोषद्वारा ५ अर्ब ६७ करोड दाबी भुक्तानी

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ६५ करोड ८२ लाख ५० हजार र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत सात करोड ८० लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ। 

५१ वटा विद्युतीय द्रुत चार्जिङ स्टेसन सञ्चालनमा

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप र कार तथा २५ वटामा  साना/ठूला कार चार्ज गर्न सकिनेछ। 

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

भारतले नेपालका थप चार आयोजनाको १८० मेगावाट बिजुली किन्ने

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ११० मेगावाट गरी १८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको छ।

ओरेण्टलका बचतकर्ताको रकम फिर्ता गर्न किन आलटाल गर्दैछ समस्याग्रस्त सहकारी व्यवस्थापन समिति?

ओरेण्टलमा १ लाख रुपैयाँभन्दा कम बचत गर्ने ५१९ जनालाई साउनभित्रै रकम वितरण सक्नेगरी सूचना प्रकाशन भएको थियो, तर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आलटाल गरिरहेको छ।

नेप्से ६.४५ अंकले घट्यो, कारोबार रकम ७९ करोडमा सीमित

कारोबार भएका १३ उपसमूहमध्ये मंगलबार दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ।

नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतले गर्‍यो अनुमोदन

भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ। यो निर्णयसँगै नेपालको बिजुली भारतीय बजारमा सहज रूपमा लैजान बाटो खुलेको छ।

बरमझियाको पेडा: नाम होस् तर बदनाम नहोस्

राजमार्गमा आवतजावत बाक्लिएपछि बरमझियाको पेडाको महिमा पूर्व–पश्चिम यात्रा गर्नेहरूसँगै देशभर पुग्यो। पसल थपिए, बजार बढ्दै गयो। बैजनाथ बाजे र बरमझियाको पेडा एक चर्चित ‘ब्रान्ड’ बन्यो।

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताएका छन्।

नेप्से २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा सीमित

आइतबार विभिन्न कम्पनीका कुल ४० लाख ५३ हजार ३६८ कित्ता शेयर एक अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिद बिक्री भयो।

अर्थतन्त्रलाई लयमा ल्याउने कोशिश भइरहेको छ: अर्थमन्त्री

राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै अर्थमन्त्री डा. महतले सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन्। 

५० प्रतिशत ऊर्जा सौर्य र वायुबाट लिने व्यवस्था गर्न इप्पानको माग

सौर्य ऊर्जा उत्पादनमा मुख्य समस्या जग्गा उपभोगको रहेको भन्दै इप्पानले समयाअनुकूल सरकारले नीतिहरू परिमार्जन गर्नुपर्ने माग गरेको छ।

गुर्जामा स्याउखेतीको परीक्षण सफल, व्यावसायिक रूपमा खेती गर्ने योजना

इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवाले फल दिन थालेका हुन्। यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन। 

पेट्रोल प्रतिलिटर ४, डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढ्यो, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १८९५ पुग्यो

आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार आएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको जनाएको छ।

विदेश जानैपर्छ भन्ने नेपालीको मानसिकता फेर्न आवश्यक छ: अर्थमन्त्री  

अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरेका छन्।

जुटको उत्पादन बढ्यो, मूल्यमा भने गिरावट

नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ। भारत र बंगलादेशबाट पनि आयत हुने गरेको छ।