साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
आव २०७९/८० को अन्त्यसम्ममा मुलुकको कुल ९८ प्रतिशत घरधुरीमा स्वच्छ ऊर्जाको पहुँच पुगेको छ। त्यसमा प्राधिकरणको हिस्सा ९५.०३ प्रतिशत छ।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.८३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सेन्चुरी डिभेन्चर–२०८८ को शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।
काठमाडौँ महानगरले सबैभन्दा बढी आन्तरिक राजस्व घरबहाल करबाट उठाएको छ। गएको आर्थिक वर्ष बहाल कर २ अर्ब ५६ करोड रुपैयाँ उठेको छ।
सांसदहरूले जलविद्युतका समस्या समाधान गर्न सबै राजनीतिक पार्टीहरूका बीचमा प्रतिबद्धता जनाउने फोरम आवश्यक रहेको बताएका छन्।
गैरआवासीय नेपालीले पाँच अर्ब रुपैयाँमा भैरहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट खरिद गरेका छन्।
सरकारले पाँच रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले खेतबारीबाटै अन्न तथा तरकारी बजारसम्म पुर्याएर किसानलाई बजारीकरणमा सहयोग गरिरहेको छ। यसबाट उत्पादन नबिकेर खेर फाल्नुपर्ने किसानको बाध्यता अन्त्य हुँदैछ।
मंलबारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ।
ज्येष्ठ नागरिक, अन्य ज्येष्ठ नागरिक र दलित नागरिक, एकल महिला, विधवा, पूर्ण अपांगता भएका, अति अशक्त अपांगता, लोपोन्मुख जाति र बालबालिका गरी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही आठ प्रकारका रहेका छन्।
सोमबार बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ।
मुलुकका अधिकांश स्थानमा पटक–पटक अकस्मात् बिजुली जाने ‘ट्रिपिङ’को समस्या बढेको छ। यसबाट आम उपभोक्तालाई असुविधा हुनुका साथै उद्योगीहरूले दैनिक करोडौँ रुपैयाँ घाटा ब्यहोरिरहेका छन्।
राष्ट्र बैंकले नियम उल्लंघन गरेको भन्दै हिमालयन र कुमारीसहित तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ।
रकम भुक्तानी माग गर्दै निर्माण व्यवसायीहरूले बिजुलीबजारदेखि बानेश्वरसम्म सिठी जुलस प्रदर्शन गरेको छ। केही दिनदेखि व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन्।
आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा करबापत हालसम्म गुगल, लिंक्डइनसहित ६ विदेशी कम्पनीबाट करिब १० करोड रुपैयाँ राजस्व संकलन भएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ।
आइतबारको कारोबारपछि नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा सीमित भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार सिन्दूर, टुथपेस्ट, कपाल स्याहारसहित शृङ्गारका सामग्री आयातका लागि ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ।
अहिले टनेल बाहिरको गोलभेँडा प्रतिक्रेट दुई हजार ५०० र टनेलभित्रको दुई हजार ८०० रुपैयाँ पुगेको छ। भारतमा दुई हजार ८०० प्रतिक्रेटमा निर्यात भइरहेको छ।
बुंमती क्षेत्रमा सञ्चालित इँटाभट्टामा करिब दुई हजार बढीले रोजगार पाएका छन्। तर, यहाँ उत्पादित इँटा बिक्री नहुँदा उद्योग नै बन्द हुने अवस्था पुगेका छन्।
अन्नपूर्ण पदमार्गमा लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन्। यही पदमार्ग हुँदै पर्यटक हिमतालसम्म पुग्ने गर्छन्।