गत वर्ष साउन १२ गतेसम्म देशभर ९० प्रतिशत धान रोपाइँ भएकोमा यो वर्ष ७७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।
मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचकमा सोमबार सामान्य अंकको सुधार देखिएको छ।
विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको अवसरसँग जोडिन सके नेपाललाई ठूलो लाभ पुग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ।
सहकारीको उद्देश्य र मर्मअनुरूप चलेका विशेषगरी कृषि सहकारीहरूले किसानलाई उद्यमी–व्यवसायी बनाउनेदेखि उनीहरूको जीवनस्तर उकास्नमा योगदान गर्दै संस्थागत दीगोपनमा पनि फड्को मारिरहेका छन्।
सरकारले रकम भुक्तानी नदिँदा आफूहरूले मजदुरलाई पनि भुक्तानी दिन नसकेको निर्माण व्यवसायीहरूले बताएका छन्।
गभर्नर अधिकारीले अप्ठ्यारो परेका ऋणीलाई उसको उद्यमशीलतालाई बचाउनका लागि छुट्टै फ्रेम वर्क राष्ट्र बैंकले बनाउने तयारी रहेको बताए।
नेप्से परिसूचक आइतबार २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा सीमित भएको छ।
१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेपछि त्यहाँ उत्पादित विद्युत् जोडिने सबस्टेसन निर्माण पूरा गर्न प्राधिकरणलाई दबाब परेको छ।
रैथाने बाली प्रवर्द्धन तथा बिक्री वितरण गर्दै आएको रैथाने एग्री प्रडक्टस नेपालले कृषिजन्य रैथाने सामग्री खरिदबिक्री तथा अवलोकनका लागि दरबारमार्गमा सञ्चालन गरेको कृषि हाटबजारमा ग्राहकको आकर्षण बढेको छ।
विज्ञहरूले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय रूपमा नेपालले गर्ने आयात तथा निर्यातमा अति कम विकसित मुलुकले पाउने सुविधाहरू स्वतः हट्ने बताए।
वायुसेवा सञ्चालक संघले वायुसेवासँग सम्बन्धित सेवा र सामग्रीहरूमा भ्याट लगाएर सरकारले वायुसेवा क्षेत्रलाई अविश्वास गरेको बताएको छ।
नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा र निजी सवारीसाधनको कर्जाको जोखिम भार घटाएको छ।
बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सोभन्दा बढी ऋण लिन अनिवार्य स्थायी लेखा नम्बर (पान) चाहिने भएको छ।
समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ।
बिहीबार कुल ६२ लाख ७१ हजार ७७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार ७८० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।
बजेटमा ‘स्टार्ट-अप’को शीर्षक आएयता एक दशकमा एक रुपियाँ पनि खर्च भएको छैन। चालु आर्थिक वर्षको बजेटमा पनि ‘स्टार्ट-अप’ प्रवर्द्धनको लागि सरकारले १ अर्ब २५ करोड रुपैयाँ छुट्ट्याएको छ।
छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन्। चैत १८ देखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक यहाँबाट नेपाल भित्रिएका छन्।
चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार ५०० क्विन्टल नुन उपलब्ध गराएको थियो। यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि १४ हजार २०० क्विन्टल माग गरिएको छ।