सरकारले गाडी, मोटरसाइकल, महँगा मोबाइल र विदेशी मदिरालगायत बिलासी वस्तु आयातमा रोक लगाएको थियो। तर, गत पुस १ गतेबाट यस्तो प्रतिबन्ध हटाइसकेको छ।
दबारमार्ग विकास बोर्ड सचिव उद्धव ढकाल पार्किङ हटाउँदा दरबारमार्गको व्यापार ६० प्रतिशतले घटेकाले विरोध प्रदर्शनमा उत्रिनुपरेको बताउँछन्।
होटल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बिमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
पूर्वराष्ट्रपति डा रामवरण यादवले राज्यकोषबाट २५ लाख तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २० लाख रुपैयाँ लिएका छन्।
कोरोना महामारीपछि चिनियाँ पर्यटक नआउँदा तंग्रिन मुस्किल बनेको पोखराको पर्यटनलाई विमान दुर्घटनाले झनै खुम्च्याएको छ। पोखरा सुरक्षित रहेको सन्देश दिन अहिले पर्यटन बोर्डले अनेक कार्यक्रम चलाउन थालेको छ।
छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
‘अफ्रिकन स्वाइन फिभर’ घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो।
आइतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रतिनिधिसभाबाट गत वर्ष फागुन १५ गते १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भएको थियो। परियोजना कार्यान्वयनका लागि नेपाल सरकारले गर्नुपर्ने पूर्वतयारीमा नै एक वर्ष खर्च भइसकेको छ।
ट्रायलमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भएपछि दुईपांग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चारपांग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको छ।
यसवर्ष अलैँची बिक्रीबाट लमजुङका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्।
अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरूमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ।
सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको प्रतिक्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ मूल्य निर्धारण गरेको जानकारी दिइन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम बचत तथा मुद्दती निक्षेप खातामा राखे बैंक तथा वित्तीय संस्थाले न्यूनतम १ प्रतिशत थप गरी ब्याजदर प्रदान गर्नुपर्ने छ।
बजारमा छापावाल सुन प्रतितोला एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
रामपुर नगरपालिका–७ का तुलबहादुर थापाले २४ वर्ष भारतीय सेनामा बिताए। त्यसपछि गाउँ फर्किएर कुखुरा र कालिजपालन व्यवसाय थालेका थापा भन्छन्, “बजारको माग धान्न मुस्किल छ।”
भन्सार विभागको तथ्यांक अनुसार गत साउनदेखि माघसम्ममा २२ अर्ब २० करोड रुपैयाँको तेल निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ७१ अर्ब ९० लाखको निर्यात भएको थियो।
बिहीबार कारोबारमा आएका २६० कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ।
धौलागिरि गाउँपालिका–२ लमसुङ मरेनीमा कृषक समूहले ४४ रोपनीमा २० मुरी आलुको बीउ रोपेका छन्। २० वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक खेती गरिएको हो।