AnonymousUser

Logout

‘जटिल बिन्दुबाट गुज्रिरहेको अर्थतन्त्रलाई उद्धार गर्न संरचनागत सुधार आवश्यक’

‘दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन, २०७९’का वक्ताहरूले जटिल अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्रलाई उद्धार गर्न यसको पुनर्संरचना आवश्यक रहेको बताएका छन्।

किसानलाई सिँचाइ सुविधा दिन ल्याइएको कृषि मिटर : विद्युत् प्राधिकरणको ‘जालझेल’को सिकार

सरकारले किसानलाई कृषि प्रयोजनका लागि महसुल छुट हुनेगरी छुट्टै मिटर जडान गरिदिने व्यवस्था गरे पनि विद्युत प्राधिकरणले भने नदिनका लागि अनेक बहाना बनाउने गरेको किसानको गुनासो छ।

देशमा १० महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ : गभर्नर

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा १० अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको बताएका छन्।

मलेसिया र इजिप्टबाट आइपुग्यो रासायनिक मल

कृषि सामग्री कम्पनीका अनुसार मलेसिया र इजिप्टबाट खरिद गरिएको युरिया र डीएपी मल भारतको कोलकता बन्दरगाह हुँदै नेपाल भित्रिएको छ।

प्रतितोला ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

वर्षा नहुँदा सुक्न थाले अलैँची बगान 

ताप्लेजुङमा तीन हजार ७०० हेक्टरमा अलैँचीखेती गरिएको छ। लामो समयसम्म हिउँदे वर्षा नहुँदा अधिकांश अलैँची बगान सुक्न थालेका छन्।

नेप्से ५०.०४ अंकले बढ्यो,  १ अर्ब ५६ करोडको कारोबार

बिहीबार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

चैतमा साधारण बचतको ब्याजदर र कर्जाको प्रिमियम घट्ने

वाणिज्य बैंकहरूले चैतमा साधारण बचत र कर्जाको ब्याजदर घटाउने भएका छन्।

मुलुकको अर्थतन्त्र जोखिममा छ : प्राडा वाग्ले

अर्थविद् प्राडा अच्युत वाग्लेले अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

तामाकोसी–काठमाडौँ प्रसारण लाइन असारभित्र सक्न निर्देशन

तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

जजिराले भैरहवामा पुनः शुरू गर्‍यो उडान

मौसमको कारण देखाउँदै भैरहवामा पुसदेखि उडान स्थगित गरेको जजिराले आजदेखि पुनः उडान सुचारु गरेको छ।

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।

ढोरपाटनमा साउनयता ९ हजार पर्यटक

ढोरपाटन नेपालको एकमात्र सिकार आरक्ष हो। यो क्षेत्र नाउर र झारलको सिकारका लागि खुला गरिएको छ।

आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग

आय विवरण दाखिला गर्ने करदाता घटेपछि राजस्व विभागले त्यसको कारण खोजबिन गर्न थालेको छ।

लगानी डुब्न थालेपछि बैंकविरुद्ध दुर्गा प्रसाईंंको 'अराजक' अभियान

विभिन्न बैंकहरूबाट साढे ५ अर्बभन्दा बढी ऋण लिएका दुर्गा प्रसाईंं पछिल्लो समय वित्तीय संस्थाहरूविरुद्ध ‘अराजक अभिव्यक्ति’ दिइरहेका छन्। उनका गतिविधिलाई निगरानीमा राखेको गृह मन्त्रालयले जनाएको छ।

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

आलु थन्क्याउँदै रामपुरका किसान 

रामपुर नगरपालिकामा यस वर्ष ४०० रोपनीमा आलुखेती गरिएको छ। 

कालीगण्डकी प्रसारण लाइन : फलेवासमा भइरहेको अवरोध हट्ने 

फलेवास–६ देवीस्थानस्थित विद्यालय र रंगशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गरेका थिए।

शहरबाट फर्किएर कृषि व्यवसायमा जम्दै सुमन 

दिक्तेल रुपाकोट मझुवागढी–१४ का सुमनले राईले ९७ रोपनीमा कागती र २२ रोपनीमा लिची लगाएका छन्। राँगा, सुँगुर र बाख्रासमेत पालेका छन्। 

अर्थविद् अच्युत वाग्ले भन्छन्– सरकारका वाणिज्य नीतिहरू तथ्य तथ्यांकमा आधारित छैनन्

अर्थविद् प्राडा. अच्युत वाग्लेले नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत आसपास पुग्नु आर्थिक दिगोपनका दृष्टिले जोखिमपूर्ण हुने बताएका छन्।