आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
छापावाल सुन आइतबार एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा आयोजना हुने महोत्सवमा २०० बढी स्टल रहनेछन्। भक्तपुरको पर्यटन र व्यापार प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको संयोजक दीपक थापाले बताए।
नेपालले आठ महिनामा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको छ।
सभामुख घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनका लागि सरकार, संसद् र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्।
उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बैंकहरूले व्यवसायीबाट चर्को ब्याज लिँदा र विकास निर्माणका काम ठप्प हुँदा नेपालगन्जको व्यापार–व्यवसाय मन्द भएको बताए।
मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ।
कम्तीमा १० प्रतिशत पानी छाड्नुपर्ने प्रावधान भए पनि खोटाङस्थित साप्सुखोला जलविद्युत् आयोजनाले सिंगो नदी नै फर्काएर पानी प्रयोग गरेको छ।
फेडरल रिजर्वले अमेरिकाको बैंकिङ प्रणाली सहज र मजबुत रहेको दाबी गर्दै फेरि ब्याजदर बढाएसँगै सन् २००७ यताकै उच्च ५ प्रतिशत ब्याजदर कायम भएको छ।
भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च बढाउन र व्यापार घाटा कम गर्न नसके समृद्धिको नाराले मात्र अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्।
राष्ट्र बैंकले सीमा बढाउँदै ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न सकिने व्यवस्था गरेको छ।
सामाजिक सुरक्षा योजना शुभारम्भ भएको ४ वर्षमा ४ लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्।
छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मुस्ताङका ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट भुवाको ८०० नमुना संकलन गरेर परीक्षण गर्ने तयारी छ।
माल्दिभ्सबाट नेपाल पैसा पठाउन ‘ब्लाक’मा डलर साट्नु पर्ने बाध्यता छ। जसकारण त्यहाँ रहेका करिब आठ हजार नेपाली कामदारले पारिश्रमिकको १० प्रतिशतभन्दा बढी रकम डलर सटहीमा गुमाउने गरेका छन्।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड पुगेको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
श्रम स्वीकृति लिने, नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत योजनामा सहभागी हुन सक्छन्।
बुधबार छापावाल सुन प्रतितोला एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
नयाँ श्रम स्वीकृति लिनेलाई आजदेखि कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ। यो योजनाले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान छ।