AnonymousUser

Logout

नेप्सेसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचकमा गिरावट आए पनि कालिन्चोक दर्शन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

बेमौसमी वर्षा, हावाहुरी र असिनाका कारण रुपन्देहीमा गहुँको उत्पादन चार प्रतिशतसम्म घट्नसक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ।

विदेशबाट फर्किएर कागतीखेतीमा रमेका रुद्रमणि

मोरङको पथरी शनिश्चरे–२ का रुद्रमणि न्यौपानले चार वर्षअघि कागतीखेती थालेका हुन्। हाल उनले कागतीका दाना र बिरुवा बिक्रीबाट वार्षिक २० लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।

भरत तालमा पर्यटकको घुँइचो

सर्लाहीको बागमती नगरपालिका–४ र १२ स्थित भरत तालमा नेपाल र भारतबाट दैनिक २०० हाराहारी पर्यटक आउने गरेका छन्। ताल निर्माणकै चरणमा रहे पनि पर्यटकका लागि ३१ वटा साना र एउटा ठूलो डुंगा सञ्चालनमा ल्याइएको छ

सडकले जोडिए दुर्गम गाउँ, फेरियो जनजीवन

बागलुङका दुर्गम गाउँहरू सडक सञ्जालले जोडिएका छन्। सडक पुगेपछि स्थानीयको दैनिकी सहज बनेको छ। 

व्याजदरले व्यवसायीलाई किस्ता तिर्नै मुस्किल छ, वैशाखपछि सुधार हुनसक्छः भुवन दाहाल

बेलाबेलामा व्यवसायी साथीहरूले बैंकहरूको विरोध गरिरहनुभएको हुन्थ्यो। ‘बैंकहरूले पैसा खाए, लुटे, हामीलाई अप्ठ्यारोमा पारे’ भनिरहनुहुन्थ्यो। तर सडकमै आएको सम्भवतः पहिलोपटक नै होला।

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य 

बिहीबार प्रतितोला एक लाख आठ हजार २०० रुपैयाँ रहेको छापावाल सुन आज एक लाख नौ हजार २०० रुपैयाँ तोकिएको छ।

साना कम्पनीको न्यूनतम २५० कित्ता सेयर माग गर्न मिल्ने व्यवस्था गरिँदै

बोर्डले मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ। सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिने बोर्डले जनाएको छ।

स्टार्टअप उद्यमीलाई परियोजना प्रस्ताव पेस गर्न आह्वान, कसरी पाइन्छ सहुलियत कर्जा?

उद्यमीले पहिलो किस्ता लिएको ६ महिनाभित्र दोस्रो किस्ता माग गर्न सक्ने छन्। कार्यविधिअनुसार बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत परियोजनालाई नै धितोको रूपमा राख्नेछ।

अधिकार सम्पन्न आयोग गठन नगरेसम्म आन्दोलन जारी राख्ने मिटरब्याज पीडितको चेतावनी

मिटरब्याज पीडितले अधिकार सम्पन्न आयोग गठन गरेर मिटरब्याजसम्बन्धी उजुरी छानबिन गर्न सरकारसँग माग गरेका छन्। 

पर्यटक लोभ्याउँदै पटिहानी

पटिहानीमा पर्यटकले घडियाल गोहीका साथै एकसिंगे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन्। स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको 'अम्ब्रेला स्ट्रिट' पनि आकर्षणको केन्द्र बनेको छ।

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन गर्ने सहमति

चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र तयारी पोसाकजस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायी समुदायलाई प्रोत्साहन गर्न पनि सहमत भएको छ।

१ लाखसम्मको कारोबार गर्ने मर्चेन्टलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकको निर्देशन

वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्ने भुक्तानी सेवा प्रदायकलाई केवाईसी व्यवस्था लागू गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्ब ४४ करोडको कारोबार

मंगलबार २५८ वटा कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता सेयर ३५ हजार ९२६ पटक खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ बराबरको कारोबार भएको छ।

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख आठ हजार तोकिएको छ।

झपक्क फुल्यो आँप, उत्पादन बढ्ने अपेक्षा

आँप धेरै फुलेकाले असिना, पानी र हावाहुरीले असर नगरेमा उत्पादन अत्यधिक वृद्धि हुने दाङको तुलसीपुर–९ का दिवेश केसीको भनाइ छ। 

वसन्त ऋतुका लागि हिमाल आरोहण खुल्ला, १२ टिमले लिए अनुमति

यस वर्षको वसन्त ऋतुमा ६ वटा हिमाल आरोहणका लागि १२ टोलीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

घट्यो सुनचाँदीको मूल्य 

छापावाल सुन एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

२ पटक म्याद सकियो, भएन कालोपत्रे

बागलुङको गलकोट र ताराखोला जोड्ने सडक दुई पटक म्याद थप्दासमेत ५० प्रतिशत कालोपत्रे हुन सकेको छैन। 

नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन सम्पन्न गर्न विद्युत् प्राधिकरणको ताकेता

नेपाल विद्युत् प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन आगामी वर्षायामभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।