AnonymousUser

Logout

नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटक काठमाडौँमा

चिनियाँ पर्यटकलाई स्वागत गरेपश्चात् मन्त्री किराँतीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको प्रतिक्रिया दिए।

धितोपत्र बोर्डले माग्यो स्टक र कमोडिटी एक्सचेन्जका लागि आवेदन 

धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर आवेदन मागेको हो। यसअघि असोज २ गते बोर्डले ४५ दिनको समय दिएर पहिलोपटक आवेदन खुलाएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि पुनः मतदान हुने, अन्जन र उमेशलालबीच प्रतिस्पर्धा  

जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारमध्ये अञ्जनले सबैभन्दा धेरै ३७.९९ प्रतिशत मत प्राप्त गरे। उमेशलालले ३१.५१ तथा रामचन्द्रले ३०.४६ प्रतिशत मत प्राप्त गरेका छन्।

महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ निर्वाचित, भन्छिन्– विश्वास टुट्न दिन्न

रामचन्द्र संघाई प्यानलकी उनले अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरिन्। 

बुधबार ९२.२२ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि दोब्बर

नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। त्यस्तै,सेन्सेटिभ इन्डेक्स १८.७५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.४२ अंकले बढेको छ।

निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

बैंकर्स संघकाे बुधबारकाे बैठकले बैशाख १ देखि मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत खाताकाे ७.९ प्रतिशत बनाउने निर्णय गरेकाे छ।

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान जारी

महासंघको वरिष्ठ उपाध्यक्षका लागि एसोसिएट्स र वस्तुगत उपाध्यक्षद्वय रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ तथा पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन्। 

ब्याजदर घटाउन प्रधानमन्त्री र अर्थमन्त्रीको दबाब, गभर्नर भन्छन् – राष्ट्र बैंकको हातमा छैन

ब्याजदर घटाउन केन्द्रीय बैंकमाथि प्रधानमन्त्री र अर्थमन्त्रीको दबाब पर‍ेको छ। तर, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ब्याजदर घटाउने वा बढाउने आफूहरूको हातमा नहुने बताउँछन्।

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम भने ९४ करोडमा खुम्चियो

कारोबारमा आएका २६२ वटा कम्पनीको ३३ लाख १५ हजार ७२० कित्ता सेयर ३५ हजार २३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ।

गभर्नर अधिकारी भन्छन् –  वित्तीय क्षेत्र सुरक्षित, सानोतिनो धक्काले अप्ठ्यारो पर्दैन

गत वर्ष नेपाल अप्ठ्यारो अवस्थाबाट गुज्रिएको र त्यसको असर अन्य क्षेत्रमा पनि देखिएको तर अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो।

बैंकको ब्याजदर कम गर्नेबारे सरकार छलफलमा छ : प्रधानमन्त्री

आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने प्रधानमन्त्री दाहालको भनाइ छ।

उद्योग वाणिज्य महासंघको साधारणसभा शुरू, बुधबार निर्वाचन

यस साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने छन्। नयाँ वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन्। 

बसाइँसराइ रोक्ने पालिकाको योजना, बाँझिएका जमिनमा फलफूल खेती

तमानखोला गाउँपालिकाले बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई आयआर्जनसँग जोड्न फलफूल खेती गर्ने योजना ल्याएको छ। जसअनुसार चालु आर्थिक वर्षमा विभिन्न जातका फलफूलका एक हजार ५०० वटा बिरुवा रोपिएको छ। 

अर्थतन्त्र सुधारोन्मुख भए पनि ‘ट्र्याक’मा आइसकेको छैन : प्रधानमन्त्री

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले पारेको असर न्यूनीकरणका लागि पहल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

नयाँ स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाइँदै

अदालतको फैसलाको औपचारिक पत्र प्राप्त भएपछि लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाइने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए।

सञ्चालनमा आयो झापाको जुरोपानी सबस्टेसन

सबस्टेसनबाट विद्युत् आपूर्ति शुरू भएपछि गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने विद्युत् प्राधिकरणले जनाएको छ।

नेप्से २८ अंकले घट्दा १ अर्ब १५ करोडको सेयर कारोबार

आइतबार सबैभन्दा धेरै जीवन बीमा समूह १७९.९४ र निर्जीवन बीमा समूह १५३.३६ अंकले घटेको छ।

चिया निकासीमा देखिएको अवरोध हटाउन आग्रह

नेपालमा उत्पादित चियाको एकमात्र बजार भारत हो। भारतीय बजार गुम्यो भने नेपालको चिया उद्योग धराशायी भई यसमा आश्रित मजदुर, किसान, उद्योगी र व्यवसायी संकटमा पर्ने चिया उत्पादक संघले जनाएको छ।  

देशभरका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता

कोषले बागमतीका २०, कोशी र मधेसका नौ/नौ, गण्डकीका दुई र लुम्बिनी प्रदेशका चार अस्पतालसँग अनलाइन सम्झौता गरेको छ। 

नेवानिको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन

आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको निगमले जहाज खरिदबापतको झन्डै ५० अर्ब ऋणभार बहन गरिरहेको छ।