AnonymousUser

Logout

आठौँ ऊर्जा सम्मेलन शुरू, ३० देशका प्रतिनिधि सहभागी

बुधबार सम्पन्न हुने सम्मेलनमा नेपालका जलविद्युत् आयोजना र भारतीय क्रेताबीच विद्युत् खरिद सम्झौता (पीपीए), नवीकरणीय ऊर्जा विकास र बजार विस्तारका लागि एमओयूमा हस्ताक्षर हुनेछ।

५ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी 

कृषि सामग्री कम्पनी लिमिटेडले आगामी वर्षका लागि मल खरिद गर्न तत्काल बजेट विनियोजन गरिदिन सरकारसँग अनुरोध गरेको छ। विगतमा बजेट ढिलो विनियोजन हुने गरेकाले मल अभाव हुने गरेको लिमिटेडको भनाइ छ।

सर्भर डाउन हुँदा राजस्व संक्रलन प्रभावित, चेकसमेत साटिएन

महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि मंगलबार अनलाईनमार्फत हुने राजस्व संकलन ठप्प भएको छ।

‘तरलता सुधार कागजमा सीमित हुँदा व्यवसायीले कर्जा पाउन सकेनन्’

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताएका छन्।

नेप्से दोहोरो अंकले घट्यो, कारोबार ९२ करोडमा सीमित

मंगलबारको कारोबारमा कूल ३१ लाख ४४ हजार ५७३ कित्ता शेयर ९२ करोड ७८ हजार ५७१ मूल्यमा खरिद बिक्री भएको छ।

आलु महोत्सवमा बिक्यो ५ करोडको आलु

आलु गाउँको नामले परिचित हेमजामा भएको एक साता लामो आलु महोत्सवमा ५ करोड रुपैयाँ बराबरको ८० टन आलु बिकेको छ।

भारतीय लगानीका अलपत्र ठेक्का तोड्ने सरकारको तयारी

भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका ६-७ वटा ठेक्का तोड्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भारतीय पक्षसँग छलफल गरेका छन्।

एफपीओमा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले एफपीओमा कर लगाउने विषयको दीर्घकालीन समाधानका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटाला गरेको अभियोगमा निर्देशक पौडलसहित ९ जनाविरुद्ध मुद्दा

निर्देशक पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक बिल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

नेप्से २.८० अंकले घट्यो, ९७ करोडको कारोबार

कारोबार भएका ७० कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

गहुँमा ‘ढुसी’ संक्रमण विश्वव्यापी बन्दै, नेपाल कति जोखिममा?

सबैभन्दा पहिला ब्राजिलमा भेटिएको गहुँको ढुसीजन्य रोग दक्षिण अमेरिका हुँदै अहिले अफ्रिका र एशियाको बंगलादेशमा देखिएको छ। यो रोगका कारण गहुँ उत्पादन नै संकटमा पर्न सक्ने विज्ञहरू बताउँछन्।

भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान भर्दै नेपाल एयरलाइन्स

निगमका प्रवक्ता रमेश पौडेलले दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने बताए।

नयाँ पर्यटकीय गन्तव्य, ताङतिङ गाउँ

पोखराबाट २७ किलोमिटर दूरीमा अवस्थित तानतिङ गाउँ गुरुङ संस्कार र संस्कृतिको अवलोकनका लागि चर्चित छ।

भन्सार कार्यालयहरूमा बेथिति : कर्मचारी सरुवामा मनोमानी, फरक शीर्षक देखाई कर छली

महालेखाको प्रतिवेदन अनुसार भन्सार विभागअन्तर्गतका कार्यालयहरूमा स्वीकृत दरबन्दी नै नभएको पदमा पनि सरुवा तथा पदस्थापन भएको पाइएको छ।

सरकारको आम्दानीभन्दा खर्च धेरै, घाटा बजेट २ खर्ब १८ अर्ब ५७ करोड नाघ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संकलन भएको सरकारी राजस्वले चालु खर्च धान्न नसक्ने अवस्था छ भने पुँजीगत खर्च निकै कम छ।

वित्तीय अनुशासन उल्लंघन बढ्दै, अर्थमै बढी बेथिति

सरकारले सार्वजनिक खर्च व्यवस्थापनमा कुशलता अभिवृद्धि गरी आर्थिक अनुशासन कायम गर्ने, चालु खर्चमा नियन्त्रण र पुँजीगत खर्च वृद्धि गर्ने नीति लिए तापनि सोअनुसार हुन नसकेको महालेखाको ठहर छ।

लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी बोर्डको बैठकले ठूला आयोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको बताएका छन्।

एक वर्षमा थपियो १ खर्ब १९ अर्ब बेरुजु

कुल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड ७ लाख रुपैयाँ पुगेको छ। यसमध्ये ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रुपैयाँ अद्यावधिक गर्नुपर्ने बेरुजु हो।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

२०७९ सालको अन्तिम कारोबार दिन घटेर बन्द भयो सेयर बजार

बिहीबार ४९ लाख १३ हजार ७०२ कित्ता सेयर एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५.७७ मा कारोबार भयो।