चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ।
सांसद वाग्लेले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय दिएर हैरानी र झन्झटको दुष्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउन आवश्यक रहेको बताए।
नेकपा एमालेका सांसद विष्णु पौडेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा आर्थिक मन्दीलाई छोप्न खोजिएको आरोप लगाएका छन्।
गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर काम गर्न खोजे समग्र वित्तीय प्रणाली संकटमा पर्न सक्ने बताएका छन्।
सामाजिक सुरक्षालाई प्रभावकारी बनाई स्रोतको सुनिश्चितता गरिनुका साथै सबै प्रकारका विभेद अन्त्य गरी विकासमा जनतालाई सहभागी गराई मूल प्रवाहमा पहुँच अभिवृद्धि गर्न बजेट केन्द्रित हुने अर्थमन्त्रीले बताए।
कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १८७ कम्पनीको भने ओरालो लागेको छ। यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन।
मन्त्री डा. महतले पुँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको बताए। आर्थिक नीतिमार्फत पुँजी प्रवाहलाई व्यापक बनाउनुपर्ने उनको भनाइ छ।
‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’मा प्रधानमन्त्री दाहालले गत वर्षदेखि मुलुकको अर्थतन्त्र संकटमा जान लागेको भनेर आतंक सिर्जना भएको बताएका छन्।
व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सरकारलाई दबाब परेको छ।
ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती गरिन्छ। यहाँका किसानको आम्दानीको मुख्य स्रोत अलैँची नै हो। तर, मूल्यमा आएको गिरावट र विभिन्न प्रकोपका कारण उत्पादन घट्ने भन्दै चिन्तित छन्।
आवेदन दिएका तीनमध्ये एक कम्पनीले स्टक एक्सचेन्ज सञ्चालन अनुमति पाउनेछ। अहिले नेप्सेमा सूचीकृत शेयर कारोबार कम्पनी तथा ब्रोकरहरूले हालको नेप्से र नयाँ एक्सचेन्ज दुबैमा कारोबार गर्न सक्नेछन्।
बोर्डको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले थप १३ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो। आशयपत्र पाएका कम्पनीले ६ महिनाभित्र न्यूनतम पूर्वाधार निर्माण गरेर बोर्डलाई जानकारी दिनुपर्नेछ।
चालु आवको नौ महिनामा काँकडभिट्टा नाकाबाट १६ अर्ब १९ करोड १७ लाख रुपैयाँको खाद्यान्न तथा कृषिउपज निर्यात र नौ अर्ब ३० करोड ५८ लाख ८० हजार रुपैयाँको आयात भएको छ।
कृषिपछिको बढी योगदान रहने व्यापारसहित तीन क्षेत्रको वृद्धिदर नकारात्मक हुनु आर्थिक मन्दीकै संकेत भएको विभागका निर्देशक भण्डारी बताउँछन्।
पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको दाबी गरेका छन्।
जनकपुर रेल्वेले एक वर्षमा ४२ करोड घाटा बेहोरेपछि त्यसको पूर्तिका लागि जनकपुरको जग्गामा सटर बनाएर भाडामा लगाउने योजनामा छलफल थालेको छ। नाफामा भएको वीरगन्जको कार्गो रेल भने भारतीय कम्पनीले चलाउँछन्।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ।
प्रदेश र स्थानीय तहबाट ४ हजार बढी आयोजनाका लागि १ खर्ब ४२ अर्ब रुपैयाँ माग गर्दै प्रस्ताव पेस भएकोमा बजेटको सीमाभित्र रहेर करिब २० प्रतिशत आयोजना छनोट गरिएको योजना आयोगले जनाएको छ।
बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको छ।
भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि बाँकेको जमुनाहा नाका दुई दिन बन्द गर्न लागिएको हो।