AnonymousUser

Logout

ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न कानूनी व्यवस्था गरिने

सरकारको नीति तथा कार्यक्रममा वातावरणलाई प्रतिकूल नहुने गरी ढुंगा, गिट्टी, बालुवा संकलन र वितरण गर्न कानूनी व्यवस्था गरिने उल्लेख छ।

सुशासनमा सम्झौता गरिने छैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक, सामाजिक रूपान्तरणमा तीव्रता आएको र विकास निर्माणले गति लिएको बताएका छन्।

सरकारले छोटो अवधिमा उत्साहजन उपलब्ध हासिल गरेको छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले राजस्व चुहावटलाई कडाका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको बताए।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १० महिनामा ७६ करोड ठगी

अनुमतिप्राप्त म्यानपावरले मात्रै रोजगारीका लागि विदेशमा श्रमिक पठाउन पाउने व्यवस्था छ। तर, यसमा एजेन्ट र बिचौलिया सक्रिय रहेकाले ठगी बर्सेनि बढिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। 

अर्थतन्त्र, उत्पादनशीलता र विकासलाई लयमा फर्काउने अपेक्षा

राजश्वले साधारण खर्च समेत धान्न नसक्नेगरी राष्ट्रिय ढुकुटी रित्तिएको र मन्दीको मार खेपिरहेको निजी क्षेत्रलाई चलायमान बनाउने विषय सरकारको नीति तथा कार्यक्रममा समेटिनुपर्ने सरोकारवालाहरूको सुझाव छ।

गलत तथ्यांकमा आधारित भएर बजेट नल्याउन पूर्वमन्त्री खतिवडाको आग्रह

डा. खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउने विषय उठाइरहँदा सरकारले वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको बताएका छन्।

१० प्रतिशत ब्याज तिरे ऋण पुनर्संरचना गर्न सकिने 

पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जामा बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ।

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

आत्मनिर्भर लघुवित्त वित्तीयसंस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा माईखोला हाइड्रोपावर लिमिटेडका शेयर बिक्रीकर्ता छन्। 

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ भने पेट्रोलको मूल्य भने यथावत् राखेको छ।

चालु आर्थिक वर्षमा गण्डकीको वृद्धिदर सबैभन्दा बढी र बागमतीको सबैभन्दा कम हुने प्रक्षेपण

राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी र बागमतीको सबैभन्दा कम हुने अनुमान गरेको छ।

बेरुजु र नीतिगत निर्णयबाट हुने भ्रष्टाचारका विषयमा गम्भीर हुनुपर्ने सांसदहरूको जोड

सांसदहरूले पार्टीगत रूपमा भन्दा पनि राज्यको सम्पत्ति हिनामिना भइरहेको विषयमा सार्वजनिक लेखा समिति गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सरकारको आय र खर्चबीचको खाडल बढ्दै, राजस्व पनि घट्यो

चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा लक्ष्यको ५३ प्रतिशत अर्थात् ७ खर्ब ५६ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ।

नेपालको अर्थतन्त्रबारे विश्व बैंकको प्रतिवेदन: निजी क्षेत्रलाई दिइएको सहुलियत कर्जाका कारण दबाब

कोरोनाकालीन बन्दाबन्दीपछि सरकारले अर्थतन्त्र सुधारका लागि लिएको नीतिले अप्रत्याशित परिणाम दिएको विश्व बैंकको प्रतिवेदनमा औँल्याइएको छ।

३.३४ अंकले घटेको शेयर बजारमा ७२ करोडको कारोबार

सोमबार २६६ वटा कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर २० हजार १५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९८० बराबरको कारोबार भएको छ।

संसदीय समितिबाट गएनन् बजेटका लागि सुझाव

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत भएर संसद्मार्फत त्यसमाथि सुझावसमेत गइसकेको छ। तर ‘मिनी पार्लियमेन्ट’समेत भनिने संसदीय समितिबाट सुझाव गएनन्।

विदेशमा ६ महिना काम गरेर फर्किनेले मात्र दुई वटा मोबाइल ल्याउन पाउँछन् : भन्सार विभाग

भन्सार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको ६ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको छ।

नेप्से १६.९६ अंकले घट्यो, ९० करोडको कारोबार

आइतबार कूल २७ लाख ८८ हजार ८१५  कित्ता शेयर ९० करोड पाँच लाख ६३ हजार ८५६ रुपैयाँमा किनबेच भयो

पाथीभराको भेटी सात करोड १० लाख रुपैयाँ

भक्तजनले चढाएको नगद र विभिन्न दाताले उपलब्ध गराएको सहयोगबाट पाथीभरामा हालसम्म सात करोड १० लाख ३७ हजार रुपैयाँ संकलन भएको छ। 

खरबुजा बिक्रीबाट जीविकोपर्जन 

कृष्णपुर नगरपालिका–२ वाणीकाका स्थानीयले खरबुजा बेचेर जीविकोपार्जन गरिरहेका छन्। चैत अन्तिम सातादेखि जेठसम्म महेन्द्र राजमार्गको किनारमा खरबुजा बिक्री गर्ने गरेको उनीहरू बताउँछन्।

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

रोजगारीको खोजीमा दिनानुदिन युवाहरू विदेश गइरहेका छन्। तर, म्याग्दीको अन्नपूर्ण–६ का नारायण बरुवाल भने विदेशको जागिर छाडेर गाउँ  फर्किएर बाख्रापालन शुरू गरेका छन्।