राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा १० अर्बभन्दा बढी विदेशी मुद्रा सञ्चिति रहेको बताएका छन्।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा १० महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको बताएका छन्। गभर्नर अधिकारीले देशमा अहिले १० अर्बभन्दा बढी डलरको सञ्चिति रहेको र त्यसले करिब १० महिनाको आयात धान्न सक्ने स्थिति रहेको बताए।
शुक्रबारदेखि काठमाडौँमा शुरू भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले समान अन्य देशको तुलनामा नेपालको अर्थतन्त्रमा सुधार भइरहेको उल्लेख गरे। उनले पुस मसान्तको तथ्यांकअनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको बताए।
“पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत छ। जुन डेटा गत सालको पुस मसान्तमा हेर्नुभयो भने २४१ अर्बको घाटामा थियौँ। माघको तथ्यांक केही दिनभित्रै आउँदै छ,” उनले भने, “मलाई लाग्छ, अहिलेसम्मको इन्डिकेटिभ तथ्यांकअनुसार यो थप सुधार भएर आउनेछ। यसको फलस्वरूप हाम्रो बाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएका छन्।”
उनले २०४६ सालदेखि बजारले नै ब्याजदर तोक्ने गरी खुला बजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठिरहेकाले यसमा छलफल गर्नुपर्ने बताए। उनले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको स्पष्ट पारे।
उनले अहिले 'लङ टर्म इन्भेस्टमेन्ट'का बारेमा सोचिरहेकाले ऋणलाई जथाभाबी प्रयोग गर्दा समस्यामा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले आवाजविहीन र साना लगानीकर्ताका लागि दुई करोडभन्दा कम लगानी गर्नेहरूका लागि बेस रेटमा दुई प्रतिशतभन्दा बढी 'चार्ज' गर्न नपाउने व्यवस्था गरेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
