AnonymousUser

Logout

दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

मस्यौदाको व्यवस्था यथावत् कार्यान्वयन भए बैंक तथा वित्तीय संस्थाले ‘ओभरनाइट’ तरलता सुविधा उपयोग गरेबराबरको रकम बैंकको वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न पाउने छैनन्।

डलरभन्दा युरो महँगो

गत भदौ ८ देखि युरोको तुलनामा अमेरिकी डलर बलियो रहँदै आएकोमा बिहीबार र शुक्रबार युरो बलियो देखिएको हो। 

करौडौँ खर्चिएर बनाएको शहीद पार्क झाडीमा परिणत

पार्कमा शुरुआती लगानीबाहेक हालसम्म राज्यका कुनकुन निकायबाट के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्यांक कसैसँग छैन। केही व्यक्ति र समूहले पार्क देखाएर बजेट ल्याउने र खाने गरेको स्थानीयको आरोप छ। 

विदेशी फलफूलको प्रभाव बढ्दै

नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ। केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको अध्यक्ष अम्मर बानियाँ बताउँछन्।

तिहारमा फूल र माला पाउनै मुस्किल

तिहारमा फूल र मालाको अभाव देखिएको छ। बजारमा फूल नभेटिएपछि चाडपर्वमा घर सजाउन तथा अन्य धार्मिक, सांस्कृतिक कार्यका लागि प्लास्टिकका फूलको प्रयोग गरिएको छ।

रुस–युक्रेन युद्धले धर्मराउँदैछ युरोपेली अर्थतन्त्र

रुस र युक्रेनबीच जारी युद्धको असर युरोपभर नै देखिएको छ। युरोपका कतिपय देशले मुद्रास्फीति भोगिरहेका छन् भने ऊर्जा संकटको सम्भावना उच्च छ।

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

शिक्षण पेसा छाडेर फूलखेतीमा लागेका दीपक पाख्रिनले ४ बिघामा खेती विस्तार गरेका छन्। बजारमा फूलको माग अत्यधिक हुँदा चार बिघाको फूल पनि कम पर्ने गरेको उनको भनाइ छ।

बंगलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

बंगलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ।

स्वदेशी बिजुलीले नै झिलीमिली बन्यो दीपावली

देशभर तिहारको हर्षोल्लास चलिरहँदा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रमा थियो।

झिनियाँको माग थेग्नै मुस्किल

तिहारमा प्रयोग हुने झिनिया स्थानीयस्तरमा व्यावसायिक रूपमा उत्पादन गर्न सकिने संकेत देखिएको छ। तिहार बाहेकको समयमा पनि झिनियाको माग हुन थालेपछि यसको व्यावसायिक उत्पादन थाल्न सकिने देखिएको हो।

तिहारमा प्रतिबन्धित भारतीय फूल आयात हुँदा नेपाली उत्पादनको अवमूल्यन

तिहारमा विदेशबाट फूल आयात गर्न प्रतिबन्ध गरिएपनि यसपटक विगतका वर्षहरूमा झैँ ठूलो मात्रामा भारतीय फूल बजारमा देखिएका छन्।

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने आइएमएफको प्रक्षेपण

‘वर्ल्ड इकनोमिक आउटलुकः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले आर्थिक वृद्धिदरको शुरुवाती अनुमानमा संशोधन गरेको हो।

ह्वात्तै बढ्यो माछाको अवैध आयात, उपभोक्ता र व्यापारी मारमा

चालु आर्थिक वर्षमा महिनाको ४२.५१ टन माछा मात्रै वैधरूपमा आयात भएको छ। माछाको आयात गतवर्षभन्दा ६९.८९ प्रतिशतले घटेपछि व्यापारी तथा उपभोक्ता मारमा पर्ने देखिएको छ।

स्टक एक्सचेन्ज हात पार्न दुई व्यापारिक समूहबीच ‘कर्पोरेट वार’

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज खोल्न इच्छुक कम्पनीका लागि ४५ दिनको सीमा राखेर आवेदन खुलाएको थियो। त्यसअघिबाटै इजाजत हात पार्न दुई व्यापारिक समूहबीच प्रतिस्पर्धा चलेको हो।

निजी क्षेत्रले किन गर्दै छ राष्ट्र बैंकबाट जारी कर्जासम्बन्धी मार्गदर्शनको विरोध?

निजी क्षेत्रले विरोध जनाएको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनको प्रभाव मूल्यांकन गरेर सुधार र परिमार्जन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

चार दिनपछि सेयर बजारमा सुधार

लगातार चार दिनको गिरावटपछि सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ।

पुनहिलमा पर्यटकको भीड

असोज महिना लागेसँगै पुनहिलमा पर्यटकको चहलपहल बढेको छ। खासगरी दशैँ र तिहारको बिदा सदुपयोग गर्न मानिसहरू यहाँ पुग्ने गर्छन्।

सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड, तराईमा बढ्यो महँगी

पहिलो दुई महिनामा सरकारको चालु खाता घाटा ३७ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यही अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि कमी आएको छ।

बुधवार झण्डै १३ अंकले घट्यो नेप्से

नेप्से परिसूचक लगातार तेस्रो दिन पनि नेप्से ओरालो लागेको छ। बुधबार तीन वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए पनि नेप्से ओरालो लागेको हो।

झिलिमिली बत्तिको मूल्य १० प्रतिशतले वृद्धि, बजारमा अभाव

तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्यमा वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तिको मूल्य बढेर आएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ।