AnonymousUser

Logout

मन्त्रिपरिषद्बाट बजेट पारित

मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको छ।

मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसद्‍मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यकालीन खर्च संरचना पारित गरेको हो।

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल  गर्न बाँकी

रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानूनी व्यवस्था गरी रोयल्टी रकम असुल  गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ। 

रुपन्देहीमा १० महिनामा बन्द भए २०७ उद्योग

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार चालु आवको वैशाखसम्ममा त्यहाँका २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्।

महालेखापरीक्षकको प्रतिवेदन : सबैभन्दा धेरै बेरुजु अर्थमा, गौरवका आयोजनाको बजेट अन्तै खर्च

गत वर्ष १७१ स्थानीय तहले ऐन मिचेर स्वकीय सचिव र सल्लाहकार नियुक्त गरी सरकारी ढुकुटीबाट नौ करोड १५ लाख रुपैयाँ खर्चिएका छन्।

देशको बेरुजु ११ खर्ब ८३ अर्ब पुग्यो

प्रतिवेदनअनुसार संघ, प्रदेश, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। अद्यावधिक बेरुजु गत वर्षभन्दा १४.०५ प्रतिशतले बढेको छ।

सार्वजनिक संस्थान : २६ नाफामा, १५ घाटामा, ३ वटाको कारोबार शून्य

उच्च नोक्सान भएका ५ सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग र नेपाल टेलिभिजन छन्।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ४४ करोडको कारोबार

आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको छ।

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत, प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान

अर्थमन्त्री पुनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान रहेको बताए।

सकिएन लघुवित्त समस्या समाधान कार्यदलको अध्ययन, ऋणीलाई बाँकी ऋण मिनाहाको आशा

विभिन्न जिल्लाबाट आएका लघुवित्त ऋणीहरूको आन्दोलनपछि सरकारले चैत २ गते लघुवित्त समस्या समाधान कार्यदल गठन गरेर अध्ययनका लागि ६० दिनको समय दिएको थियो। गठनको ६० दिन पूरा भइसक्दा के गर्दैछ कार्यदल?

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए।

सार्वजनिक ऋण २४ खर्ब हाराहारी, १० महिनामा थपियो ९८ अर्ब

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर पुगेको छ। जीडीपी अनुपातमा बाह्य ऋणको दायित्व २१.२६ प्रतिशत बराबर हो।

दूध र तरकारीमा आत्मनिर्भर बन्यो बिहादी गाउँपालिका

स्थानीयस्तरमा उत्पादन भएको कृषि उत्पादकत्वलाई कृषि एम्बुलेन्समार्फत बजार पुर्‍याउन मद्दत गर्ने पालिकाको योजना छ। जसका लागि पालिकाले कृषि एम्बुलेन्स खरिद गरिसकेको छ।

गर्मीका कारण आधाले घट्यो अण्डा उत्पादन, कुखुरामा रोगको पनि जोखिम

गर्मीको समयमा अण्डा उत्पादनमा २० देखि २५ प्रतिशत ह्रास आउने गर्छ। यस वर्ष भने गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ।

यस्तो रहनेछ बिहीबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

अर्थतन्त्रमा प्रादेशिक योगदान:  बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम

राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ।

श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन

वि.स २०४९ सालमा स्थापित, झण्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योग विगत ४ वर्षदेखि बन्द अवस्थामा रहेको छ।

ताप्लेजुङको टिप्ताला नाका खुलाउने तयारी

नाका खुल्ने सहमति भएसँगै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने ११५ जनाले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन्।

आज पनि दोहोरो अंकले बढेर २१३१.४९ विन्दुमा उक्लियो शेयर बजार

एक करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर पाँच अर्ब ६८ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ।