मंगलबार प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँको कीर्तिमानी मूल्यमा किनबेच भएको सुन बुधबार २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ।
चाडपर्वलाई नेपालमा उत्पादित केराले धान्ने भएकाले आयात नगर्न देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई नेपाल केरा उत्पादक महासंघले अनुरोध गरेको छ।
पर्यटकलाई लक्षित गर्दै यहाँ वनभोजस्थल निर्माण गरिएको छ। यस क्षेत्रमा राई, शेर्पा र तामाङ समुदायको बसोबास छ।
सरकारले 'जेनजी' आन्दोलन र पछिल्लो राजनीतिक परिस्थितिका कारण कर तिर्ने समय एक महिना थप गरेको छ।
सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ (रसुवागढी) नाका सञ्चालनमा आउन नसकेपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका सञ्चालनमा ल्याइएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताए।
सुनको मूल्य १ हजार ९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भएको छ।
प्रतिवेदनले आयातमा निर्भरता, उत्पादकत्वमा स्थायी अवरोध, निजी क्षेत्रको सशक्त भूमिकाको अभाव, वित्तीय क्षेत्रमा कमजोर अनुशासन, सार्वजनिक खर्चको कार्यक्षमता अभाव र श्रम बजारको प्रभावहीन संरचनालाई प्रमुख समस्या मानेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालनमा ल्याएको छ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तत्काल पूरक बजेट नल्याई तयारी नभएका र साना आयोजनाबाट खर्च कटौती गरेरै निर्वाचनका लागि स्रोत जुटाउने बताएका छन्।
पर्यटनको पिक सिजनमा भएको जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीले घुम्न आएका पर्यटक धमाधम फर्किन थालेका छन्। नेपाल आउने योजना बनाइरहेकाले पनि बुकिङ रद्द गरिरहेका छन्।
जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आइतबारदेखि नियमित सेवा प्रवाह सञ्चालन गरेको छ।
उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि राष्ट्र बैंकले आग्रह गरेको छ।
भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुरानै लयमा फर्किने क्रममा थियो। पछिल्लो विकसित परिस्थितिले पुनः यस क्षेत्रलाई झस्काएको छ।
जेनजी आन्दोलनले राजनीतिक अस्थिरता निम्त्याए पनि यसलाई भ्रष्टाचार र कुशासनविरुद्ध लड्ने ‘कोर्स करेक्सन’को अवसरका रूपमा लिनुपर्ने अर्थतन्त्रका जानकारहरूले बताएका छन्।
‘जेनजी’ आन्दोलनका कारण आपूर्ति प्रणालीमा केही समस्या देखिए पनि व्यवसायी र सरकारी निकायले खाद्य सामग्रीको पर्याप्त मौज्दात रहेको बताएका छन्।
चेम्बरले आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुगेको भन्दै सबै सरोकारवालालाई यस चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयम अपनाउन आग्रह गरेको छ।
राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई व्यावसायिक निरन्तरता दिन भनेको हो।
सूचिकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ।