सरोकारवालाले विगतका भूकम्प, आन्दोलन र अन्य संकटभन्दा यसपटकको समस्या फरक भएको भन्दै अर्थतन्त्रलाई उकास्न नीतिगत सुधार, सुरक्षाको प्रत्याभूति र पुनर्निर्माणमा जोड दिएका छन्।
नेपालमा सुनको मूल्य लगातार बढिरहेको छ। मंगलबार अघिल्लो दिनको तुलनामा ३ हजार ९०० रुपैयाँले बढेर तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ।
चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोड रुपैयाँको १ लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात गरिँदा ५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
आइतबार नेप्से परिसूचक १११.७० अंकले बढेर २६२३.७० बिन्दुमा उक्लेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
सडक निर्माण र यातायातको पहुँच पुगेसँगै कम समय र लागतमा धेरै काम हुने भएकाले खच्चड व्यवसाय बिस्तारै लोप हुँदै गएको स्थानीयले बताएका छन्।
बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख अइन्द्रविक्रम बेघाले बताए।
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान भुक्तानीका लागि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई नौ अर्ब ८० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ।
विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनर्निर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ।
उद्योग विभागले सार्वजनिक गरेको साउन र भदौको वैदेशिक लगानी स्वीकृतिसम्बन्धी प्रतिवेदनअनुसार २२५ वटा साना, चारवटा मध्यमस्तरीय र सातवटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको छ।
विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ। नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रीया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ।
एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपानेको राजीनामा व्यक्तिगत कारणले भन्दा पनि परिवर्तित राजनीतिक अवस्थामा गुमेको राजनीतिक संरक्षण रहेको पाइएको छ।
सरकारले शेयर बजारमा देखिएका समस्याहरूको पहिचान गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ।
मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगंगा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्यांग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत शहरमा ढुवानी गर्न थालिएको छ।
अर्थमन्त्री खनालले तत्कालका लागि सरकारको प्राथमिकता नागरिकमा आत्मविश्वास जगाउने रहेको बताए। घाइतेको उपचार र ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता तथा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको उनको भनाइ छ।
सरकारले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली जोडेसँगै अब विदेशमा रहेका व्यक्ति र नेपाल आउने पर्यटकले मास्टर, भिसा, अलिपेलगायतका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर राजस्व भुक्तानी गर्न सक्नेछन्।
बिहीबार कारोबार शुरू भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो। बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले ओरालो लागेको थियो।
श्रीलंकाले कोरोना महामारीका साथै आर्थिक मन्दीले थलिएको पर्यटनलाई चाँडो पुनरुत्थान गरेको उदाहरणबाट सिक्दै नेपाल पनि अगाडि बढ्ने पर्यटन बोर्डले जनाएको छ।
कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने वार्षिक लक्ष्य रहेकोमा ११.३५ प्रतिशत असुली भएको छ।