आयोजनाको कुल लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबर रहनेछ। आयोजना निर्माण चरणमा औसत एक हजार ८०५ जना र सञ्चालन चरणमा ११५ जनाले रोजगारी प्राप्त गर्नेछन्।
महँगीबाट राहत दिने उद्देश्यले भारतको संघीय सरकारले लागू गरेको करको नयाँ दायराले त्यहाँ दैनिक उपभोग्य र अन्य वस्तुको मूल्य घट्दा नेपालमा हुनसक्ने चोरीपैठारी र अन्य प्रभावबारे प्रश्न उठ्न थालेको छ।
आइतबार नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को बिन्दुमा पुगेको छ।
तीन महिनाको अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको १६.५१ प्रतिशत छ।
प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाका लागि २० अर्ब ८८ करोड, मनसुनबाट क्षतिग्रस्त संरचनाका लागि १ अर्ब ३ करोड, प्राविधिक सहयोगका लागि २८ करोड र जनशक्ति एकाइका लागि ५ करोड आवश्यक पर्ने अनुमान गरेको छ।
विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंकलाइन महसुल बक्यौता रहेका पाँच उद्योगले शुक्रबारदेखि बक्यौता रकम तिर्न थालेका छन्।
हिउँदका चार महिना बाक्लो हिमपात हुन्छ भने, वर्षामा म्याग्दीबाट जोमसोम पुग्ने खण्डको धेरै ठाउँमा पहिरोले सडक अवरोध गर्छ। त्यति मात्र नभई, नाकाको नेपालतर्फ भौतिक संरचना पनि बनाइएका छैनन्।
शुक्रबार सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
फूलको व्यापार तिहारमा धेरै हुने गरेको छ। तिहारमा काठमाडौँ उपत्यकामा मात्रै ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ।
अधिकांश स्थानीय तहमा राजनीतिक सहमति हुन नसक्दा बजेट प्रस्तुत हुन नसकेको पाइएको छ।
सरकारले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकको व्यवस्थापनमा रहेको मल्टी ट्रस्ट फन्डबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ को विन्दुमा सीमित भएको छ।
गुण्डुका ७५ प्रतिशत स्थानीयले ७०० रोपनीमा मखमली र ३०० रोपनीमा सयपत्री फूलको खेती गरेका छन्।
छापावाल सुन बुधबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ।
पदयात्राका क्रममा दुई दिनसम्म सञ्चार सम्पर्क नहुँदा पर्यटक बेखबर हुने भएकाले आपत्कालीन समय र बिरामी भएको समयमा उद्धारमा समस्या हुने गरेको छ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको मूल्य नबढाएको निगमले जनाएको छ।
समाज लघुवित्त वित्तीय संस्था र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट तहमा कारोबार भएको छ।
असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति पछिल्लो दुई महिनामा ७.६ प्रतिशतले बढेर २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड बराबर देखिएको छ।
मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा कायम भयो। साथै, कारोबार रकम पनि ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँमा खुम्चियो।