पक्राउ पर्नेमा रोल्पाका निमराज डाँगी र पाल्पा रब्दिकोट नगरपालिकाका चक्र पोखरेल रहेका छन्।
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै यूएई र त्यसपछि क्रमश: कतार, साउदी र मलेसिया रहेका छन्। युरोपेली देशको आकर्षण पनि बढ्दै गएको छ।
पर्वतको कुस्मा–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको मृत्यु भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए।
पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ।
एनआरएनएको अध्यक्षमा रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन्। उनलाई बेलायतका विनय अधिकारी र जापानका विष्णु बानियाँले समर्थन गरेका छन्।
महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्ने याेजना पुडासैनीको छ।
तेल अबिबस्थित नेपाली राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण भरेका ३२४ जनामध्ये २८८ जनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन्।
तेल अबिबस्थित नेपाल दूतावासले युद्ध जारी रहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीमध्ये केहीलाई सुरक्षित स्थानमा सारिएको र केहीलाई सार्ने क्रम जारी रहेको जनाएको छ।
दक्षिणी इजरायलको अलुमिन किबुजस्थित विभिन्न कृषि फार्ममा तालिम लिइरहेका नेपालीहरू रहेको क्षेत्रमा आक्रमण भएको हो। आक्रमण जारी रहेकाले नेपाली रहेका क्षेत्रमा पुग्न सक्ने अवस्था नभएको दूतावासको भनाइ छ।
कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्षपछि दुई देशबीच श्रम क्षेत्रमा समेत थप सम्झाैता कायम भएको हाे। पछिल्लाे समय राेमानिया नेपाली श्रमिककाे लागि राेजाइकाे गन्तव्य बन्दै गएकाे छ।
तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।
यस्तै, चार जना नेपाली श्रमिक साउदीका विभिन्न अस्पतालमा कोमामा रहेको पनि नेपाली दूतावासले जनाएकाे छ।
अघिल्लो हप्ता सामाजिक सञ्जालमा हालिएको एउटा भिडियोमा साउदी अरब पुगेका केही नेपाली कामदारको 'दुर्दशा' देखिन्छ। यस्ता समस्यामा फसेर उद्धारको आग्रह गर्दै त्यहाँको नेपाली दूतावास पुग्नेको संख्या ठूलै छ।
विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानकाे अधिकारबाट वञ्चित हनु नपर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्।
नवनिर्वाचित अध्यक्ष कँडेलले नेदरल्यान्ड्समा रहेका नेपाली समुदायको आवश्यकता र चाहनाअनुसार संघको कार्ययोजना बनाउने बताएका छन्।
बाढीपहिरोमा परी हिमाञ्चल प्रदेशमा रोजगारीका लागि गएका पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि टेलिमेडिसिन सेवा सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा उपलब्ध हुनेछ।
मोटरसाइकल र ट्याक्सी चालकले न्यूनतम तलब नपाउने लगायतका समस्या देखिएकाले यूएई र कतार नपठाउने निर्णय गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु टर्कीको दक्षिण–पूर्वी क्षेत्र गाजियान्टेपमा थोरै संख्यामा नेपाली रहेको र त्यहाँबाट कुनै पनि नेपालीको मानवीय क्षतिको विवरण नआएको गैरआवासीय नेपाली संघले जनाएको छ।