AnonymousUser

Logout

पोर्चुगलमा लागुऔषध दुर्व्यसनीमा यसरी फसिरहेका छन् नेपाली

अध्ययन तथा रोजगारीको सपना बुनेर युरोप छिर्ने धेरै नेपालीहरूको सहज गन्तव्य बनेको पोर्चुगलको लचिलो कानून र संगतका कारण लागुऔषध दुर्व्यसनीमा फसेका नेपालीहरूको अवस्था चिन्ताजनक छ।

भारतको उत्तराखण्डका वनमा आगो लगाउने एक नेपालीसहित ६ जना रंगेहात पक्राउ

वनमा आगजनी गरेको आरोपमा नेपाली मजदुर टेकरामविरुद्ध वन ऐन बमोजिम मुद्दा दर्ता गरिएको छ।

युरोपमा रोजगारीको रहरले कहर : दुर्घटना, अलपत्र र ‘डिप्रेसन’मा नेपाली

युरोपमा रोजगारीका लागि जानेहरूले कानूनी प्रक्रिया नपुर्‍याउँदा र सम्बन्धित देशको कानूनी व्यवस्था नबुझ्दा समस्यामा पर्ने गरेका छन्। उनीहरूलाई सेवा दिन र पिरमर्का बुझ्न अधिकांश देशमा दूतावाससमेत छैन।

पोर्चुगलमा आफ्नो जीवन चम्काउँदै अरूलाई उज्यालो छरिरहेकी दीपा

पोर्चुगलका नेपालीहरू दीपालाई विदेशमा छोटो समयै राम्रो प्रगति गर्ने महिलामा गन्छन्। कामदारको रूपमा युरोप छिरेर व्यवसायी बनेकी उनी समस्यामा परेका नेपालीहरूको उद्धारमा दिनरात नभनी खटिइरहेकी हुन्छिन्। 

रुसी सेनामा भर्ती भएकाहरूका आफन्त भन्छन्– नेपालको कूटनीतिक पहल नै कमजोर लाग्यो

रुसी सेनामा भर्ती भएका नेपालीका आफन्तले उनीहरूको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन्।

पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव भेटियो

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा 'सि फुड' खोज्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको थियो भने एक बेपत्ता थिए।

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह

इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घर या आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह गरेको छ।

पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता

शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा उनीहरू डुबेका थिए।

तालिवानीबाट ज्यान बचाउन भागेर काठमाडौँ आएका अफगानीलाई छाक टार्नै समस्या

१० वर्षअघि तालिवानी विद्रोहीबाट ज्यान जोगाउन भाग्ने क्रममा काठमाडौँ आइपुगेका अफगानीहरू यता न उताको अवस्थामा हातमुख जोर्न संघर्ष गर्दैछन्। 

सेक्युरिटी पालका संस्थापक पुकार : दार्चुलादेखि अमेरिकासम्मको यात्रा

बिल गेट्स, मार्क जुकरबर्ग, जेफ बेजोशलगायत अर्बपतीहरूलाई भेटेपछि पुकारले आफैँलाई मूल्यांकन गरे। ६ महिनापछि काम गरिरहेको ‘गिभिङ २.०’ छाडिदिए र आफ्नै नयाँ स्टार्टअप शुरू गरे।

एशियाली कामदार खोजिरहेको क्रोएसियामा सीपबिना पुगेका श्रमिकले बिगार्दैछन् नेपालीको ‘इमेज’

भाषा र सीप नसिकी जानेहरूका कारण नेपाली कामदारको माग घट्दै गएको छ। रोजगारदाता कम्पनीले पनि सीपविहीन नेपाली कामदार नपरून् भनेर फिलिपिनी वा भारतीय नागरिकका लागि मात्र तोकेरै विज्ञापन गर्न थालेका छन्।

विदेशको रोजगारीः ओछ्यान र सडकमै ज्यान गुमाउँदैछन् नेपाली

रोग देखिएकाबाहेक सुतेकै अवस्थामा ज्यान गुमाउनेको अवस्था झन् भयावह छ, जसलाई प्राकृतिक मृत्यु भन्ने गरिएको छ। जो राति ओछ्यानमा त सुत्छन्, तर बिहान उठ्नै नसक्ने गरी अस्ताउँछन्। 

सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा कुवेतमा ३ नेपालीको मृत्यु

शवहरूको पोस्टमार्टम भइसकेको र नेपाल फर्काउन उनीहरूका परिवारसँग सम्पर्क भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

जर्मनीमा श्रमिक पठाउने समझदारी : पाँच महिनासम्म किन अलमलमा छ सरकार?

श्रमिकको अभाव झेलिरहेको जर्मनी नेपालबाट चाँडै कामदार पाउने आशामा छ। नेपाल र जर्मनीबीच त्यससम्बन्धी समझदारीमा हस्ताक्षर पनि भइसकेको छ। तर नेपाली श्रमिक किन जर्मनी जान पाइरहेका छैनन्?

मलेसियामा गैरकानूनी अवस्थामा रहेका नेपालीलाई घर फर्किने अवसर

भिसाको म्याद गुज्रेर बसेका (ओभर स्टे)को हकमा मलेसियन रिंगिट ५०० र भिसाको नियम उल्लंघन गरी बसेकाको हकमा ३०० रिंगिट तिरेर घर फर्किन सक्नेछन्।

कुवेतमा रहेका सबैलाई बायोमेट्रिक गर्न ३ महिनाको समय

सबै कुवेती र प्रवासीहरूलाई बायोमेट्रिक गराउन आउँदो मार्चदेखि तीन महिनाको समयसीमा घोषणा गरेको छ।

पोर्चुगलमा नेपालीलाई राहदानी बनाउन सकस

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि राजदूत नियुक्त भइसकेको भए पनि दूतावास कहिलेसम्म आउने भन्ने तिथिमिति तय भइसकेको छैन। दूतावास आउन ढिलाइ हुँदा नेपालीलाई नयाँ राहदानी तथा नवीकरण गर्न समस्या छ।

नेपाली चिकित्सक र विद्यार्थीबारे यूएसएमएलईले गरेको निर्णयमा अमेरिकी अदालतले उठायो प्रश्न

अदालतले युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई)लाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो। 

म्यानमारमा बन्धक रहेका १३ नेपाली मुक्त, घरफिर्तीको पहल जारी

म्यानमारमा विद्रोही पकडको द्वन्द्वग्रस्त क्षेत्रमा चिनियाँहरूले चलाउँदै आएको अनलाइन धन्दामा झुक्याएर नेपालीलाई पुर्‍याइने गरेको छ। अहिले पनि त्यहाँ नेपाल, भारतसहित २५ भन्दा बढी देशका नागरिक बन्धक छन्।

मलेसियामा लुकिछिपी काम गरिरहेका १५ नेपालीसहित ५३० आप्रवासी श्रमिक पक्राउ

पक्राउ पर्नबाट जोगिन कतिपय श्रमिक त घण्टौँसम्म नालीमा लुेकर बसेका थिए।