AnonymousUser

Logout

‘कलासम्पदा सकिएको दिन काठमाडौँ शहर रित्तो लाग्नेछ’

'नेपाली मन्दिरमा देवीदेवता जीवित जस्ता लाग्छन्। तिनै मूर्ति अमेरिकामा काँचको बाकसभित्र सजाइएका हुन्छन्। हाम्रा मूर्तिहरूलाई त्यहाँ थुनेर राखेजस्तो लाग्छ, जसमा जीवन छैन।'

जीवनमा भावना कति महत्त्वपूर्ण?

दार्शनिक एरिस्टोटल भन्थे, ‘जो पनि रिसाउन सक्छ, रिसाउन सजिलो हुन्छ। तर सही व्यक्तिसँग, सही मात्रामा, सही समयमा, सही कारणले र सही तरिकाले रिसाउन सजिलो छैन।’

पूर्वराजा ज्ञानेन्द्र र भुटानी राजाको अँगालोको ‘ह्याप्पी इन्डेक्स’

खुशी–सूचांकको भर नरहेरै मुस्किलले ७ लाख जनसंख्या रहेको भुटानबाट २ लाखभन्दा बढी भुटानी युवा अमेरिका, क्यानडालगायत मुलुकमा बसोबासमा पुगिसकेको तथ्यांक बाहिर आएको छ।

खेलाडीको व्यथा, लेखे कथाजस्तो

महेन्द्र राजाको साढुभाइ जय दाइ किक्रेटको आजीवन अध्यक्षजस्तै हुनुहुन्थ्यो। उहाँ राजाको साढुभाइ भएकै कारण अध्यक्षको पद अरूले पाएका थिएनन्। उपाध्यक्षको पदमा करिब १०–१२ वर्ष उहाँसँग मैले काम गरेको थिएँ।

उमंगपूर्ण दशैँ, उद्दण्ड दशैँ र वीतरागी दशैँ

भयानक अशान्त पाठक हुँ म। कुनै किताब राम्रो रहेनछ भने लेखकसँग रिस उठ्छ। किताब साह्रै राम्रो रहेछ भने मरिसकेको लेखकलाई पनि अँगालो मार्न खोजिन्छ।

देवीलाई चढ्ने तर ‘ठूला’लाई नचढ्ने मासु!

साथी उनै छन् गाउँमा। दशैँं मान्ने तरिका खासै फेरिएको छैन, तर दशैँमा दौँतरीहरू भेट्न रहर लाग्दैन। मन्दिरको पशुबलि गरेको हेर्न मन लाग्दैन।

दशैँ के हो, के होइन?

आधा शताब्दीअघि नेपालमा दशैँको भिन्नै रूप, रङ र उत्सव हुन्थ्यो। याक्थुङ (लिम्बु भाषा) मा दशैँको अपभ्रंश शब्द ‘तसी’ हो। ‘दशैँ आयो’ भन्नु पर्दा ‘तसी ते’ भनिन्छ। तसी आएको आभास भद्रा चरीले संकेत गर्थ्यो।

चुनावी प्रबन्धनबाट पार्टी नेता पीके

हाम्रो यताका तथाकथित नयाँसँग पीकेका कतिपय फर्मूला मिल्दाजुल्दा छन्। हाम्राले ‘व्यवस्था परिवर्तन भयो, अब अवस्था परिवर्तन’ भनेका थिए। पीके ‘सरकार होइन अब व्यवस्था परिवर्तन’ भन्दैछन्।

दशैँकै बेला किन उठ्छ पशुअधिकारको विषय?

पशुको वध गर्दा यदि उनीहरू चिच्याउँथेनन् या कहालिन्थेनन्, अन्य आम तरकारी-सागपातझैँ चुप रहन्थे भने  सम्भवतः मांसभोजन र बलिबारे युगौँयता यति धेरै चर्चा र असहमति सुनिन्थेनन्।

दशदिने दशैँका १० सवाल

चाडपर्वको समयमा हुने ठगी धन्दा र फटाइँगिरीमा सरकारी निकाय हस्तक्षेपकारी भूमिका नखेली मूकदर्शक बन्छ, दशैँको खसी र रक्सीमा शायद ऊ पनि भुल्छ।

पुरुषहरू माझ 

१६औँ शताब्दीसम्म पश्चिमा भूगोलमा महिलालाई कफीसप छिर्न र कफी पिउन अनुमति थिएन। महिला उत्तेजक रूपमा रौसिने भएकाले तिनलाई कफीसपमा रोकिएको भालेसत्ताको भाष्य हुन्थ्यो।

‘दलित, जनजाति वा महिला आयोग कार्यकर्ता पाल्ने कोटरी–आयोग हुन्’

‘यो मुलुकमा पद्धति र संगतिको कुरा गर्न व्यर्थ छ भन्ने लाग्न थालेको छ। संसदीय समितिमा उजुरी आएन भनेर चुपै लागेर निर्लज्ज नाम पारित गर्ने ट्रेन्ड देखिएको छ।’

विपद्को मारमा सुकुमबासी, राज्यको हेलचेक्र्याइँ

भेलबाढी बस्तीमा पसेपछि उल्टै भूमिहीन सुकुमबासी, नदी किनाराबासीमाथि व्यंग्य गर्न थालियो। तिनलाई भेलबाढीले नै बढारेर लैजाओस् भन्ने आशयका अत्यन्तै अमानवीय टीकाटिप्पणीसमेत भए।

सुनेको, पढेको र देखेको ‘लाम्कानेको देश’

राज्य जनताको अभिभावक बन्न सक्नुपर्छ न कि व्यवस्थापक। नेतृत्वसँग नैतिक पुँजी र इच्छाशक्ति भए जनविश्वास पाएर देश जुरुक्क उठ्छ।

बिहारमा बाढी: नदीबारे हाम्रा नीति र नियति

बाढीसँगै लिएर आएको माटो तटबन्ध निर्माणका कारण ठूलो भूभागमा फैलाउन नसक्दा नदी बिस्तारै भरिन थाल्छ। जसका कारण नदीको जलयात्रा क्षमता घट्दै गएको छ।

अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख भाषा

शिक्षणको माध्यम भाषा मातृभाषा हुँदा बालबालिकाले सजिलोगरी बुझ्न र सिक्न सक्छन्। छिटो संज्ञानात्मक र बौद्धिक विकास हुन्छ। उच्च शैक्षिक सफलता दरसहित अतिरिक्त लाभका रूपमा मातृभाषाको विकास हुन्छ।

धिमा गगन र द्रुत रवि!

रविले जतिसुकै प्रयास गरे पनि उनी जोडिएका गैरकानूनी गतिविधिको मुद्दा अदालतमा ढिलोचाँडो चल्ने निश्चित छ। गगनलाई गाली र सत्तालाई सराप्दैमा उनले पक्कै उन्मुक्ति पाउँदैनन्।

चुरोट कम्पनीले औषधि उत्पादन गर्न सुहाउँछ?

बिसाैँ शताब्दीको शुरूआतसम्म चुरोट आममानिसको सहज पहुँचमा थिएन। चुरोट सैनिकको मनोबल उच्च गराउने रासनका रूपमा दिने गरिन्थ्यो। युद्धबाट घर फर्किने सैनिक अक्सर ओठमा चुरोट च्याप्दै आउँथे।

इग्नोरेन्स इज (नट) ब्लिस

नागरिकले भोगिरहेका समस्या हिजोको आज नै सिर्जित भएका होइनन्। यो त राजनीतिक दल र तिनका नेताको दशकौँयताको अकर्मण्यता, भ्रष्ट सोच तथा समाज र नागरिकप्रति अनुत्तरदायी व्यवहारको नतिजा हो।

बाढी र डुबानको जलवायु परिवर्तन सम्बन्ध

सन् २००९ पछि भएको अध्ययनले के भन्छ भने त्यतिखेर पानी नपर्नुको कारण ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धि रहेछ। ध्रुवीय क्षेत्रमा भएको तापक्रम वृद्धिका कारण नेपालमा हिउँद याममा सुख्खा पर्न गएछ।