गाउँमा बूढाबूढी र केटाकेटी मात्रै छन्, जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने थालेको छ। गाउँका खेतबारी सबै बाँझो बनेका छन्।
विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएपछि घरहरू जीर्ण अवस्थामा पुगेका छन् भने विद्यालयमा पनि विद्यार्थी अभाव हुन थालेको छ।
लालवीर तिलिजाको जीवनको अधिकांश समय अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा बित्यो। ७८ वर्षीया तिलिजाले ७२ वर्ष भेडीगोठमा बिताए।