AnonymousUser

Logout

सहकारी ठगेर फैलाइएको ‘व्यापार साम्राज्य’

व्यवसायी र विधायक दुवैको परिचय एकसाथ बोकेका प्रभु ग्रुपका अध्यक्ष, एमाले सांसद देवी भट्टचनले साझेदारको साथ लिएर सहकारीबाट उठाएको करिब एक अर्ब रुपैयाँ कसरी व्यापार बिस्तारमा खन्याए?

अंग नपाएर ज्यान गुमाइरहेछन् बिरामी, अलपत्र छ मस्तिष्क मृत्यु कार्यक्रम

अन्तिम चरणको मिर्गौला रोग लागेका देशभर करिब ८ हजार बिरामी अंगदाताको पर्खाइमा छन्। मस्तिष्क मृत्यु भएकाबाट निकालिएको अंग कुर्ने नै १ हजार जना पुगेका छन्। उनीहरूले अंग पाउन के बाधा छ?

टेकु–कालिमाटी ट्राफिक जाम गराउने सडक विभागको ‘खेल’, नयाँ पुल थुनेर ७ वर्षदेखि बखेडा

मापदण्डको प्रश्न उठाएर गाडी गुड्नै नदिइएको विष्णुमतीको पुलमा कुनै कैफियत नभएको मध्यस्थको प्रतिवेदन र पुल खोल्नुपर्ने अदालतको निर्देशनलाई सडक विभागले पालन गरेको छैन। पुल रोक्न कसको के स्वार्थ छ?

खेलाडीको जर्सी र प्लेइङ किटमै ‘कमाउ धन्दा’ चलाउँछन् एन्फा पदाधिकारी

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीका लागि जर्सी र खेल सामग्री किन्दा आपूर्तिकर्तालाई नै आफ्नो खल्ती भर्न कसरी बाध्य पार्छन्? एन्फाभित्रको बेथिति झल्काउने एउटा केस स्टडी: 

खानी दोहनमा चौधरी ग्रुपः माओवादी नेता र जनप्रतिनिधिकै आड, उठिबास लाग्ने अवस्थामा रोल्पाली

चौधरी ग्रुपको अधिकांश लगानी रहेको सम्राट सिमेन्टले रोल्पामा गरिरहेको अवैध खानी दोहनलाई माओवादी नेतादेखि जनप्रतिनिधिले सघाएका छन्। राज्यसंयन्त्र निरीह बन्दा कसरी उठिबासको अवस्थामा पुग्दैछन् स्थानीय?

वन मासेर निर्माण गरिएको कालिञ्चोक केबलकारः फर्जी विवरणको आडमा आईपीओ

वन क्षेत्रमा गैरकानूनी रूपमा केबलकार निर्माण गरेको एमाले नेता बालकृष्ण सिवाकोटीलगायत समूह संलग्न कालिञ्चोक दर्शन प्रालिले धितोपत्र बोर्डमा झुटो विवरण बुझाएर सर्वसाधारणबाट समेत रकम संकलन गरेको छ।

यसरी भइरहेछ औषधिका नाममा मान्छे मार्ने अपराध 

नेपालमा बर्सेनि ६ हजार जनाको मृत्युको प्रमुख र २३ हजार मृत्युको सहायक कारण बनेको छ ‘एएमआर’। मानिस र पशुपन्छीमा अन्धाधुन्ध एन्टिबायोटिक प्रयोगले निम्त्याएको यस्तो महामारी ल्याउन को कसरी जिम्मेवार छन्?

दोहन गर्ने नेता–व्यापारी, तिनैलाई भरथेग गर्ने कानून 

दलका नेता–कार्यकर्ता र पहुँचवाला व्यापारीले गरिरहेको अनियन्त्रित प्राकृतिक स्रोत दोहनका पछाडि संविधानसँग बाझिएका अस्पष्ट कानून र त्यसकै आडमा तीन तहका सरकारले गरिरहेको मनोमानी प्रमुख कारण देखिन्छ।

एउटा विनाशकारी पुलः मृत्युको कारण बन्यो, सयौँ मानिस घरबारविहीन भए

नक्खु खोलामा गत असोज १२ गते आएको बाढीले दुई जनाको मृत्यु भयो भने दुई जना अझै बेपत्ता छन्। ४० भन्दा बढी टहरा बगे। यो बाढीको कारण थियो– खोला साँघुरो बनाउँदै ललितपुर महानगरले नक्खुडोलमा बनाएको पुल।

जग्गाको हदबन्दी छल्न खडा गरिएको थियो उपेन्द्र महतोको अश्विन्स् मेडिकल कलेज 

व्यवसायी उपेन्द्र महतोको स्वामित्वमा रहेको मेडिसिटी अस्पतालको मातृसंस्था, अश्विन्स् मेडिकल कलेज किन अघि बढेन? यसपछाडि जोडिन्छ, हदबन्दीभन्दा धेरै जग्गा ओगटेर ‘रियल–इस्टेट’ व्यवसाय चलाउने स्वार्थ।

खुलामञ्चपछि टुँडिखेल: खुला क्षेत्रमा धावा बोल्ने काठमाडौँ महानगरको ‘मास्टर प्लान’

काठमाडौँ महानगरले तयार पारेको टुँडिखेलको ‘मास्टर प्लान’ कार्यान्वयनमा गयो भने काठमाडौँवासीको फोक्सो मानिने अहिलेको टुँडिखेल यस्तै रहने छैन। किन ल्याइयो टुँडिखेललाई खण्डीकरणमा लैजाने यस्तो योजना?

बाँसबारीमा अर्को जग्गा काण्ड: गंगालाल अस्पताललाई दिइएको जग्गामा नेताको रजाइँ

गंगालाल अस्पताललाई मुटुका बिरामीको उपचार क्षमता बढाउने संरचना निर्माणार्थ दिइएको ७ रोपनी १३ आना जग्गा अस्पतालले होइन, बाँसबारी क्लबका अध्यक्षसमेत रहेका स्थानीय एक नेताले मनोमानी प्रयोग गरिरहेका छन्। 

माओवादी द्वन्द्वले जन्माएको ‘तल्लो बाटो’ अमेरिका पुग्ने सपना

अहिले अवैध बाटो अमेरिका जानेहरूको थलो बनेको रुकुम माओवादी द्वन्द्वको उद्‍गमथलो थियो। रुकुमेलीलाई अमेरिका डोर्‍याउन त्यही सशस्त्र द्वन्द्व नै कसरी आधार बन्यो?

नगरपञ्चायतका कर्मचारीलाई ‘तलब खुवाउन’ बिक्री गरिएको कुमारीपाटी पोखरी

कर्मचारीलाई तलब खुवाउने नाममा तत्कालीन नगरपञ्चायतले सार्वजनिक जग्गा बेचेपछि कुमारीपाटी पोखरीको बिजोग शुरू भयो। करिब १६ रोपनीको त्यो पोखरी अहिले एक रोपनीमा सीमित भएको छ। 

कालिञ्चोक मास्ने खेल : एमाले नेतालाई व्यापारका लागि जब वन नै जिम्मा लगाइयो

एमाले नेतृत्वनिकट दोलखाका नेता बालकृष्ण शिवाकोटीले केबलकार बनाउन धार्मिक–सांस्कृतिक रूपमा महत्त्वपूर्ण कालिञ्चोकको वनक्षेत्र कसरी हत्याए? राजनीतिक शक्तिको आडमा रचिएको लुटको चिरफारः

आरक्षणका १७ वर्ष: लक्षित वर्ग पहुँच बाहिरै, उठ्न थाल्यो खारेजीको आवाज

१० वर्षमा पुनरवलोकन गरिनुपर्ने आरक्षणको व्यवस्थामा सुधार नगर्दा एकातिर त्यसको लाभ पाउनुपर्ने वास्तविक सीमान्तकृत अवसरबाट वञ्चित छन्, अर्कोतिर यो व्यवस्था नै खारेज हुनुपर्ने माग उठ्न थालेको छ।

खानी दोहनमा माओवादी नेताः कार्यकर्तासँगै असुली धन्दा, रकम फिर्ता माग्दा ज्यान लिने धम्की

गाउँकै उठिबास लाग्नेगरी खानी दोहन गरिरहेका माओवादी नेताहरुले ‘लगानीका लागि’ रकम उठाएर आफ्नै कार्यकर्ताहरूको बिचल्ली बनाएका छन्। रकम फिर्ता माग्दा उनीहरूले उल्टै ज्यान मार्ने धम्की खेप्नुपरेको छ।

उपप्रधानमन्त्री सिंहको कार्यकक्ष सिँगार्न भत्काउन लागिएको भवनमा खर्च गरियो ४९ लाख

‘कार्यवाहक प्रधानमन्त्रीको कार्यकक्ष र सचिवालय त्यहीअनुरूप हुनुपर्‍यो’ भन्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालयले भत्काउन लागिएको भवनमा मर्मतका नाममा ४९ लाख रुपैयाँ खर्च गराएको छ।

२ करोड खर्च भइसकेको आयोजनाले पठाउने पानी नै दूषित, त्यसको पनि चर्को शुल्क

गोदावरीमा करिब २ करोड खर्च भइसकेको निर्माणाधीन आयोजनाबाट परीक्षण सञ्चालनका लागि पठाइएको पानी पिउन अयोग्य छ। यस्तो पानीको पनि दुई वर्षपछि एकमुष्ट बिल पठाइँदा उपभोक्ता हैरान छन्।

हाइड्रोपावर लगानीकर्ता ऊर्जामन्त्रीको स्वार्थमा भइरहेको कानून बदल्ने खेल

ऊर्जामन्त्री दिपक खड्का जलविद्युत् क्षेत्रका ठूला लगानीकर्ता हुन्। उनले यही स्वार्थमा प्रयोग गरिरहेको पदीय प्रभावमा संसदीय समितिदेखि राज्यसंयन्त्रहरू नै हतियार बनिरहेका छन्, कसरी?