AnonymousUser

Logout

‘राम सेतु’मा पर्खाल निर्माण गरी दर्शन खुला गर्न भारतीय सर्वाेच्च अदालतमा रिट

भारतीय सर्वोच्च अदालतमा अधिवक्ता अशोक पाण्डेले ‘राम सेतु’लाई स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्न सहज हुने गरी पर्खाल निर्माण गर्न माग गर्दै रिट निवेदन दर्ता गराएका छन्।

इजरायलमा न्यायिक सुधार योजनाको विरोधमा प्रदर्शन

इजरायलली सरकारले अघि सारेको न्यायिक सुधारसम्बन्धी विद्येयकको विपक्षमा उभिएका रक्षामन्त्री योअव ग्यालेन्टलाई प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बर्खास्त गरेपछि प्रदर्शन चर्किएको छ।

हङकङमा सुरक्षा कानून लागू भएयता पहिलो पटक विरोध प्रदर्शन

चीनले सन् २०२० को जुनमा नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेयता पहिलो पटक हङकङमा सडकमा विरोध प्रदर्शन गरिएको छ।

ट्युनिसियामा आप्रवासी सवार डुंगा डुब्दा १९ जनाको मृत्यु

इटली प्रवेश गर्ने तयारी गरिरहेका आप्रवासीहरू सवार डुंगा ट्युनिसियाको तटीय क्षेत्रमा डुब्दा १९ जनाको मृत्यु भएको छ।

बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति पुटिनको घोषणा

युक्रेनले पश्चिमा राष्ट्रहरूसँग थप सैन्य सहयोगका लागि अपिल गरेलगत्तै रुसी राष्ट्रपति पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका छन्।

अमेरिकाको मिसिसिपीमा आँधीबाट २३ जनाको मृत्यु 

आँधी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

अमेरिकाको मिसिसिपीमा आँधीका कारण २३ जनाको मृत्यु, उद्धार जारी

अमेरिकाको मिसिसिपी राज्यमा आँधीबेहरीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी रहेको बताइएको छ।

राहुल गान्धीको लोकसभा सदस्य पद खारेज

गुजरातको सूरतस्थित सेसन कोर्टबाट मानहानिको मुद्दामा दोषी ठहर भएका भारतीय कंग्रे‍सका नेता राहुल गान्धीको लोकसभा सदस्य पद खारेज भएको छ।

हिन्डनबर्गको निशानामा अर्बपति ज्याक डोर्सीको कम्पनी

हिडनबर्गले डोर्सीको कम्पनी ब्लक इंकको सेयर मूल्य वास्तविकभन्दा ७५ प्रतिशत बढी रहेको लगायतका विभिन्न आरोपसहित प्रतिवेदन सार्वजनिक गरेको छ। 

अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर, वित्तीय क्षेत्र मजबुत रहेको दाबी

फेडरल रिजर्वले अमेरिकाको बैंकिङ प्रणाली सहज र मजबुत रहेको दाबी गर्दै फेरि ब्याजदर बढाएसँगै सन् २००७ यताकै उच्च ५ प्रतिशत ब्याजदर कायम भएको छ।

१८ बालबालिकाको मृत्युपछि कफ सिरप निर्माता कम्पनीको लाइसेन्स खारेज

कम्पनीले उत्पादन गरेको कफ सिरपको सेवनबाट उज्बेकिस्तानमा गत डिसेम्बरमा १८ जना बालबालिकाको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीको लाइसेन्स खारेज गरिएको छ।

भारतीय नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

गुजरातको सुरतस्थित सेसन अदालतले राहुल गान्धीलाई मानहानीको मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ।

भारतीय नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

गुजरातको सुरतस्थित सेसन अदालतले राहुत गान्धीलाई मानहानीको मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ।

क्यानडाको जनसंख्या वृद्धिदर सन् १९५७ यताकै उच्च

सन् २०२२ जनवरीमा ३ करोड ८५ लाख १६ हजार रहेको क्यानडाको जनसंख्या सन् २०२३ जनवरीमा ३ करोड ९५ लाख ६६ हजार पुगेको छ। यो १९५७ यताकै उच्च (२.७ प्रतिशत) वृद्धिदर हो।

युक्रेनमा रुसी आक्रमण तीव्र, ४ युक्रेनीको मृत्यु

बुधबार मात्रै रुसले आक्रमणका लागि पठाएका २१ मध्ये १६ वटा ड्रोन युक्रेनी सीमा नजिकै हानेर खसालेको युक्रेनी सेनाको दाबी छ।

दक्षिण कोरिया, भारत र युक्रेनबाट के चाहन्छन् जापानी प्रधानमन्त्री?

जापानी प्रधानमन्त्री फुमियो किशिदाले ऐतिहासिक तिक्तता रहेको दक्षिण कोरियासँग सम्बन्ध बिस्तार गर्न खोजेका छन् भने भारतलाई चीनविरुद्धको बहुपक्षीय एकतामा सहभागी गराउन खोजेका छन्।

युक्रेन र पश्चिमाहरू शान्तिका लागि तयार छैनन् : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको शान्ति योजना युक्रेन–रुस युद्ध अन्त्य गर्ने आधारका रूपमा प्रयोग हुनसक्ने बताएका छन्। तर, यसका लागि  युक्रेन र पश्चिमाहरू तयार नरहेको उनको भनाइ छ।

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ५ जनाको मृत्यु

भूकम्पको धक्का पाकिस्तान, भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो। पाकिस्तानको राजधानी इस्लामाबादमा स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुलास्थलमा निस्केका थिए।

भारतीय समकक्षी मोदीलाई भेटेलगत्तै जापानी प्रधानमन्त्री किशिदा पुगे युक्रेन

जापानका प्रधानमन्त्री फुमियो किशिदा भारतको औपचारिक भ्रमण सकेलगत्तै युक्रेनको राजधानी किभ पुगेका छन्।

पेन्टागनको अध्ययन : अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च

पेन्टागनले गरेको अध्ययनले अमेरिकी वायुसेनाका पाइलटमा क्यान्सरको दर उच्च रहेको देखाएको छ। चालक दलका सदस्यमा छालाको क्यान्सरको दर ८७ प्रतिशत र थाइरोइड क्यान्सरको ३९ प्रतिशत पाइएको छ।