AnonymousUser

Logout

इरानमा फाँसीको सजाय बढ्दै, सरकार ‘किलिङ मेसिन’ बनिरहेको आरोप

इरानमा सरकारविरोधी आन्दोलनमा सहभागी चार जनालाई फाँसीको सजाय भयो। थप १०० जना प्रदर्शनकारी थुनामा छन्। उनीहरूलाई पनि फाँसीको सजाय हुनसक्ने सक्ने भन्दै मानवअधिकारवादी संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्।

पेन्टागनका अति गोप्य दस्ताबेज ‘लिक’ गर्ने सन्दिग्ध पक्राउ, अदालतमा उपस्थित गराइँदै

गोप्य सरकारी कागजातहरू ‘लिक’ गरेको आशंकामा २१ वर्षीय ज्याक तेइसेरालाई एफबीआईले पक्राउ गरेको छ।

हालसम्मकै ‘शक्तिशाली क्षेप्यास्त्र’ परीक्षण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले १२ वटा छुट्टाछुट्टै कार्यक्रम गरेर यस वर्ष मात्रै ३० वटा क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।

म्यानमार सेनाको हवाई आक्रमणको आसियानद्वारा निन्दा, वार्तामार्फत संकट समाधान गर्न माग

सन् २०२१ को फेब्रुअरीमा सत्ता हत्याएको सेनाले गरेको आक्रमणको संयुक्त राष्ट्रसंघ, अमेरिकासहित विभिन्न राष्ट्रले निन्दा गरेका छन्। थप आक्रमण हुने डरले मानिसहरू त्रसित छन्। 

चीनमा अल्पसंख्यक उइगरमाथि यातनाः निसन्तान बनाउनेदेखि आतंकवादी स्वीकार गराउनेसम्म

गुलबहारलाई आएको फोनमा पेन्सनबापतको कागजातमा हस्ताक्षर गर्न सिन्जियाङ जान भनिन्छ। यो एक चाल थियो भन्ने नबुझेर उनी फ्रान्सबाट चीनको यात्रा गर्छिन्। त्यसपछिका यातना उनले पुस्तकमा उल्लेख गरेकी छन्।

आईएमएफको प्रक्षेपण : सन् २०२३ मा बेलायती अर्थतन्त्र खराब स्थितिमा रहन्छ


बेलायती अर्थतन्त्रले यस वर्ष खराब प्रदर्शन गर्ने भनिए पनि पहिलेको तुलनामा ०.६ प्रतिशत सुधारको अपेक्षा गर्न सकिने पनि आईएमएफले उल्लेख गरेको छ।

म्यानमार सेनाको हवाई कारबाहीमा ५३ जनाको मृत्यु, कैयौँ घाइते

म्यानमारको सैनिक सरकारविरोधी गतिविधिका लागि स्थापित नेशनल युनिटी गभर्नमेन्टले आक्रमणमा ५३ को मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको पुष्टि गरेको छ।

चीनको ताइवानकेन्द्रित अभ्यासलगत्तै अमेरिका–फिलिपिन्सको अहिलेसम्मकै ठूलो सैन्य अभ्यास

दुई साता लामो बालीकतान अभ्यासका क्रममा साउथ चाइना सीमा हुने सम्भावित आक्रमणविरुद्ध प्रतिकारको रणनीतिसमेत अपनाइने बताइएको छ।

अमेरिकाको केन्टकीमा गोली प्रहार हुँदा ५ जनाको मृत्यु, ९ घाइते

सिटी सेन्टरको ओल्ड नेशनल बैंकनजिक २५ वर्षीय कोनोर स्टर्जिनले धन्धाधुन्ध गोली चलाएका थिए। गोली चलाउँदै गर्दा उनले इन्टाग्रामबाट लाइभस्ट्रिमिङ समेत गरेका थिए।

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रणाली बेच्ने

इजरायलले ग्रिसलाई ४०० मिलियन डलरको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली बेच्ने भएको छ।

युक्रेनको हवाई सुरक्षा जोखिमबारे पेन्टागनको गोप्य दस्ताबेज सार्वजनिक

फेब्रुअरीको मिति उल्लेख भएका गोप्य दस्ताबेज कसरी सार्वजनिक भए भन्नेबारे अमेरिकी रक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाइएको छ।

बालकलाई जिब्रोमा चुम्बन गर्न लगाएका दलाई लामाले मागे माफी

एक बालकलाई आफ्नो जिब्रोमा चुम्बन गर्न लगाएका धर्मगुरु दलाई लामाले माफी मागेका छन्।

चिनियाँ अदालतद्वारा सरकार विरोधी अभियान चलाउने दुई वकिललाई जेल सजायको फैसला

चीनमा सरकार विरोधी ‘न्यु सिटिजन्स मुभमेन्ट’ चलाउने दुई वकिललाई शान्दोङ प्रान्तस्थित एक अदालतले जेल सजाय सुनाएको छ। उनीहरूलाई बन्दी बनाएको दुई वर्षपछि जेल सजाय सुनाइएको हो।

साउदी र हुथी समूहबीच वार्ता, यमनमा युद्ध विरामको आशा

साउदी अरब र विद्रोही हुथी समूह बीचको वार्तालाई यमनमा जारी वर्षौँदेखिको युद्ध अन्त्यको संकेतका रूपमा लिइएको छ।

इजरायलले बढायो सिरियालक्षित आक्रमण

राजधानी दमासकसनजिकै समेत विस्फोटका आवाज सुनिएको सिरियाली समाचार माध्यमहरूले उल्लेख गरेका छन्।

साईले अमेरिकी सभामुखलाई भेटेपछि चीनले गर्‍यो ताइवानलाई घेरा हाल्दै सैन्य अभ्यास

अमेरिका नजान र त्यहाँ कुनै पनि नेतालाई नभेट्न चीनले दिएको धम्कीका बावजुद ताइवानी राष्ट्रपति साईले अमेरिकी सभामुख म्याकर्थीसहित केही नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।

सीले रुस–युक्रेन युद्ध रोक्ने सार्थक पहल गर्न सक्छन्?

युक्रेन–रुस द्वन्द्व रोक्न चीनको महत्त्वपूर्ण भूमिका रहेको र मस्कोमाथि आफ्नो प्रभावको प्रयोग गर्न फ्रान्सेली राष्ट्रपति म्याक्रोंले चिनियाँसमकक्षी सीलाई आग्रह गरे, तर सीले स्पष्ट प्रतिक्रिया दिएनन्।

सेना र सशस्त्र समूहबीच द्वन्द्व चर्किएपछि थाइल्यान्ड शरण लिन पुगे म्यानमारका हजारौँ नागरिक

सरकारी पक्ष र विद्रोही समूहबीच हिंसा भड्किएपछि बुधबारयता करिब १० हजार म्यानमारका नागरिक छिमेकी मुलुक थाइल्यान्डमा शरण लिन पुगेको बताइएको छ।

भारतमा एकैदिन १४ कोभिड संक्रमितको मृत्यु, केन्द्र र राज्य सरकारको समीक्षा बैठक बस्दै

भारतमा कोरोना संक्रमितको संख्या एकै सातामा करिब दोब्बर देखिएको छ। मार्चको तुलनामा अप्रिलमा कोरोना संक्रमण बढेको बताइएको छ।

२ अमेरिकी संगठनमाथि चीनको प्रतिबन्ध

ताइवानी राष्ट्रपति साई इङ वेन अमेरिकाको भ्रमणमा जाँदा उनको स्वागत र व्यवस्थापन गरेका थिंक ट्याक हडसन इन्स्टिच्युट र रोनाल्ड रेगन प्रेसिडेन्सियलमाथि चीनले प्रतिबन्ध लगाएको छ।