AnonymousUser

Logout

तालिबान सरकारलाई राष्ट्रसंघले भन्यो – महिलालाई शिक्षाबाट वञ्चित नगर्नू

दुई हप्ताअघि तालिबान सरकारका शिक्षामन्त्रीले महिला तथा किशोरीलाई विश्वविद्यालय जान रोक लगाउने निर्णय गरेको बताएका थिए। उक्त निर्णयको सबैतिर विरोध भइरहेको छ।

अमेरिकामा हिमआँधी र चिसोका कारण ६२ जनाको मृत्यु

अत्यधिक चिसो र हिमपातका कारण अमेरिकामा ६२ जनाको मृत्यु भएको छ।

ताइवानमा अनिवार्य सैन्य सेवाको अवधि एक वर्ष पुर्‍याइयो

ताइवानकी राष्ट्रपति साईले बेइजिङबाट हुनसक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै ताइवानको सुरक्षा प्रणाली बलियो पार्न सैन्य सेवाको अवधि लम्बाउने निर्णय गरेको बताइन्।

चीनमा विदेशी नागरिकका लागि खुकुलो पारिँदै स्वास्थ्य मापदण्ड, जनवरीदेखि क्वारेन्टिन बस्न नपर्ने

चीनले आगामी वर्ष जनवरीदेखि कोभिडका लागि तय भएका स्वास्थ्य मापदण्डहरू खुकुलो पार्दै क्वारेन्टिन नियम हटाउने भएको छ।

चिनियाँ ७१ वटा विमान ताइवानको सीमामा प्रवेश

लडाकु विमान र ड्रोनसहितका चिनियाँ हवाइ सेनाका ७१ वटा विमान ताईवानको सीमामा प्रवेश गरेको ताइवानी रक्षामन्त्रालयको दाबी छ।

रुसी सैन्य शिविरमा ड्रोन आक्रमण, ३ सैनिकको मृत्यु

रुसले युक्रेनी ड्रोन आक्रमणबाट आफ्ना ३ सैनिक मारिएको दाबी गरेको छ। एंगेल्स हवाई सैन्य शिविरमा आक्रमण भएको मस्कोले जनाएको छ।

अत्यधिक चिसो र आँधीका कारण अमेरिका र क्यानडामा ३८ जनाको मृत्यु

अमेरिकाको मोन्टाना राज्यको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ भने बफेलो शहरमा प्रतिघण्टा पाँचदेखि ७ सेन्टिमिटरसम्म हिउँ परेकाे छ।

समुद्रमा हप्तौँ अलपत्र परेका ५८ जना रोहिंग्या इन्डोनेशिया भेटिए

भोक र तिर्खाले अतालिएका उनीहरू निकै कमजोर अवस्थामा भेटिएका थिए।

युक्रेनसँग सम्झौता गर्न तयार छौँ : पुटिन

राष्ट्रपति पुटिनले एक अन्तर्वार्ताका क्रममा युक्रेनको तनावसँग सम्बन्धित सबै पक्षसँग सम्झौता गर्न रुस तयार भएको बताएका हुन्।

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध

महिलाको आधारभूत अधिकार हनन गरेको भन्दै राष्ट्रसंघले तालिवानी कदमको विरोध गरेको छ। यस्तै, अमेरिकी विदेश मन्त्रालयले यसलाई विनाशकारी कदम भनेको छ।

अमेरिकास्थित नेपाली दूतावासको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो

टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजित कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शुल्कबापत बुझाएको रकम लुटिएको दूतावासले जनाएको छ। 

अमेरिका र क्यानडाको तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म, जनजीवन प्रभावित

चिसोका कारण अमेरिकाका धेरै राज्यमा आपतकाल घोषणा गरिएको छ भने हजारौँ उडान स्थगित गरिएका छन्। त्यस्तै, केही स्थानको तापक्रम माइनस ४५ डिग्रीसम्म झरेको छ।

अमेरिकी संसद्मा जेलेन्स्कीले भने– रुससामु आत्मसमर्पण गर्दैनौँ

अमेरिकी संसद्मा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग डटेर लड्नका लागि सहयोगको आवश्यकता रहेको बताएका छन्।

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय प्रवेश निषेध, चौतर्फी विरोध

तालिबानी सरकार औपचारिक रूपमा स्थापित हुन चाहने हो भने महिलाको शिक्षासम्बन्धी नियममा सुधार ल्याउनुपर्ने पश्चिमा मुलुकहरूले बताएका छन्।

ट्विटरको प्रमुख कार्यकारीबाट राजीनामा दिने मस्कको घोषणा, को बन्ला नयाँ सीईओ?

एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिने घोषणा गरेसँगै नयाँ सीईओ को बन्ला भन्ने चर्चा भइरहेको छ।

ट्विटर प्रयोगकर्ताले गरे एलोन मस्कको विपक्षमा मतदान

एक करोड ७० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताहरू मध्येबाट ५७.५ प्रतिशतले एलन मस्कको विपक्षमा मतदान गरेका थिए।

क्यानडामा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु

क्यानडामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको ज्यान गएको छ भने एक गम्भीर घाइतेलाई अस्पताल भर्ना गरिएको छ।

थाइल्यान्डमा पानीजहाज पल्टिँदा ३१ नौसेना बेपत्ता

थाइल्यान्डमा नौसेना सवार जहाज समुद्रमा पल्टिँदा ३१ जना बेपत्ता भएका छन् भने ७५ जनाको उद्धार गरिएको छ।

इराकमा बम विस्फोट, ९ जना सुरक्षाकर्मीको मृत्यु

विस्फोटको कसैले जिम्मा लिएको छैन। घटनामा इस्लामिक स्टेट समूह संलग्न रहेको सरकारको आशंका छ।

चिसोका कारण अमेरिकामा १ करोड ५० लाखभन्दा बढी बिरामी : सीडीसी

अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ।