भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अति अपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ।
अमेरिकासहित पश्चिमा देशसँग तिक्त कूटनीतिक-आर्थिक सम्बन्ध, रूस-पाकिस्तानसँग मित्रता, ताइवानलाई गाभ्ने रणनीति, हङकङमाथि हस्तक्षेप तथा छिमेकी देशसँगको सीमा विवादजस्ता विषयलाई लिएर चीनको आलोचना हुने गर्छ।
मस्कले आधिकारिक ट्विटर ह्यान्डलमा डक्सिङमा संलग्न एकाउन्टहरू, विशेष गरी वास्तविक समय स्थानहरूका सार्वजनिक रूपमा पहिचान–सम्बन्धित जानकारी पोस्ट गर्ने प्रयोगकर्तालाई दण्डित गरिने बताएका छन्।
मलेसियाको सेलाङ्गोर राज्यमा गएको पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। ७० जनाको उद्धार गरिएको अग्नि तथा उद्धार विभागले जनाएको छ।
ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। साे भूकम्पबाट भएकाे क्षतिकाे विवरण प्राप्त भएकाे छैन।
विपद्पछि सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्य जारी छ। जलवायु परिवर्तनका कारण कंगोमा आकस्मिक बाढीको जोखिम बढिरहेको बताइएको छ।
नयाँ कानूनले चुरोट बेच्न अनुमति दिने खुद्रा बिक्रेताको संख्या पनि ६ हजारबाट घटाएर ६ सय पुर्याएको छ भने सुर्तीमा निकोटिनको मात्रा पनि उल्लेख्य रूपमा घटाएको छ।
यसअघि विश्वकै धनी व्यक्तिका रूपमा रहेका एलन मस्क दोस्रो स्थानमा पुगेका छन् भने तेस्रो स्थानमा भारतका गौतम अडानी रहेका छन्।
‘ट्रस्ट एन्ड सेफ्टी काउन्सिल’का प्रतिनिधिहरूले बैठक बस्ने तयारी गरिरहेकै बेला काउन्सिल नै भंग भएको सूचना इमेलमार्फत पठाइएको थियो।
हालैका दिनमा सरकार विरोधी गतिविधिमा संलग्न भएको भन्दै इरानले मृत्युदण्ड दिएको यो दोस्रो घटना हो।
आसमको तेजपुरस्थित डिफेन्स पीआरओले ९ डिसेम्बरका दिन पीएलएका सैनिक अरुणाचल प्रदेशको तवांग क्षेत्रमा घुसेपछि झडप भएको बताएका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दुवै पक्षहरू संयमित भई शान्तिपूर्ण ढंगले वार्ता प्रयास गर्न र यो अवस्थालाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताएका छन्।
यमनमा युद्ध शुरु भएयता १ लाख ५० हजार नागरिक मृत्यु भइसकेको र २ करोड ३४ लाख मानिसले मानवीय संकट बेहोरिरहेको राष्ट्रसंघको तथ्यांक छ।
चिनियाँ कम्युनिष्ट पार्टीभित्रका केही गुटका कारण पछिल्लो समय ताइवान–चीनबीच सञ्चार कठिन बनेको ताइवानी विदेशमन्त्री जोसेप वुले बताएका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्न खोजेको बताए।
चीन र अरबबीच रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति भएको छ। साउदीको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र अरब लिगका सदस्य राष्ट्रबीच यस्तो सहमति भएको हो।
हिंसा भड्काएको आरोपमा बीएनपीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको थियो भने र्यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ।
इरानी महिलाहरूले निजत्वको अधिकारका लागि थालेको आन्दोलन त्यहाँको इस्लामिक गणतन्त्र सत्ताका लागि चुनौती बनेको छ। आन्दोलन व्यापक हुँदै जाँदा पुरुषहरू पनि त्यसमा सशक्तरूपले सहभागी हुन थालेका छन्।
राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरले भारतीय अण्डमान समुद्रमा जोखिमपूर्ण यात्रा गरिरहेका दुई सय जना शरणार्थीको उद्दार गर्न आग्रह गरेको छ।
सरकार तथा ईशनिन्दा गरेको आरोपमा इरानमा १ जनालाई मृत्युदण्ड दिइएको छ। उनीमाथि सडक अवरुद्ध पारेको र छुरा प्रहार गरी अर्धसैनिक बलका जवानलाई घाइते बनाएको आरोपसमेत छ।
युरोपेली आयोगले रुसी सशस्त्र बल, रक्षा औद्योगिक कम्पनीसहित २०० थप व्यक्ति र संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ।