हालैको एक अध्ययनअनुसार मानव–निर्मित जलवायु परिवर्तनका कारण गत वर्ष विश्वको झन्डै आधा जनसंख्याले औसतभन्दा एक महिना बढी चरम गर्मीको सामना गरेको छ।
दक्षिण अफ्रिकाको अदालतले बिहीबार एक महिलालाई आफ्नी ६ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ।
बाइडेन प्रशासनले बर्डफ्लुको खोप विकास र महामारी इन्फ्लुएन्जाका पाँच थप उपप्रकारको क्लिनिकल अध्ययन विस्तार गर्न मोडर्नासँग सम्झौता गरेको थियो।
स्पेसएक्सका अनुसार, यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो।
युद्ध शुरू हुनुअघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान करिब १० प्रतिशत थियो र झन्डै पाँच लाख ६० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेती, पशुपालन वा माछापालनमा आश्रित थिए।
गत शुक्रबार, ट्रम्पले युरोपेली संघसँगको वार्ताको गतिप्रति निराशा व्यक्त गर्दै ५० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका थिए।
पाकिस्तान सरकारले नागरिकलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।
युक्रेनले अझै पनि बन्दी बनाइएका सबै नागरिकहरूको फिर्ता सुरक्षित गर्न आफ्नो कूटनीतिक प्रयास जारी राख्ने जनाएको छ।
यूएईमा शनिबार ५१.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। यो मरुभूमि राष्ट्र विश्वको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक हो भने जलवायु परिवर्तनका लागि संवेदनशील मानिन्छ।
अमेरिकाको क्यालिफोर्नियास्थित स्यान डिएगोमा बाक्लो कुहिरोका बीच आपत्कालीन अवतरणका क्रममा सानो निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ।
राहत बोकेका ट्रक गाजाको दक्षिणी भागमा लुटिएका हुन्। करिब ४०० ट्रकमध्ये ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन्।
हार्वर्डमा विदेशी विद्यार्थी भर्ना नलिन र पढिरहेकालाई पनि अन्यत्र जान निर्देशन दिइएको पछिल्लो घटनाले ट्रम्प प्रशासन ज्ञानको केन्द्र मानिने विश्वविद्यालय कस्तो बनाउन चाहन्छ भन्ने छर्लंग पारेको छ।
प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत् चुहावट भई आगलागी भएको देखाएको छ। १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ।
हार्वर्डले अब विदेशी विद्यार्थी भर्ना गर्न पाउने छैन र त्यहाँ रहेका विदेशी विद्यार्थी पनि अन्यत्रै ‘ट्रान्सफर’ हुनुपर्नेछ, अन्यथा उनीहरूले आफ्नो कानूनी हैसियत गुमाउनु पर्नेछ।
रुसको राजधानीलक्षित युक्रेनी ड्रोन आक्रमणपछि बिहीबार मस्को वरपरको हवाई उडान अवरुद्ध भएको संघीय हवाई यातायात एजेन्सीले जनाएको छ।
नक्सलवादविरुद्ध लडाईंको तीन दशकमा भारतीय सेनाले महासचिव स्तरका नेतालाई मार्न सफल भएको यो पहिलो पटक भएको गृहमन्त्री शाहले उल्लेख गरेका छन्।
कृषिमन्त्री इटोको टिप्पणीलाई मुख्य विपक्षी कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी अफ जापानका महासचिव जुन्या ओगावाले ‘अत्यन्त अनुचित, वास्तविकताबाट टाढा र असहनीय’ भन्दै आलोचना गरेका थिए।
ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्रमन्त्रीको बैठकले युद्धविरामको पहललाई सघाउन रुसमाथि थप दबाब सिर्जना गर्ने निष्कर्ष निकालेको छ।
गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न वितरण’ पुनः शुरू गर्न अनुमति दिइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
८२ वर्षीय बाइडेनको स्वास्थ्य अवस्थाबारे उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, उनी उच्चग्रेडको प्रोस्टेट क्यान्सरबाट पीडित भएका हुन्।