AnonymousUser

Logout

गाजामा इजरायली हमलाबाट मृतकको संख्या १०० नाघ्यो

गाजामा इजरायली आक्रमण हुँदा कम्तिमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन्।

गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

इजरायली सेनाले शनिबार १९ महिनाभन्दा बढीको युद्धपछि हमास लडाकुहरूलाई परास्त गर्न गाजाभर आफ्नो अपरेसन तीव्र पारिरहेको घोषणा गरेको थियो।

रुस–युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग वार्ता गर्ने ट्रम्पको घोषणा

इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए।

अमेरिकामा आँधीका कारण कम्तिमा २१ जनाको मृत्यु

आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको छ भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ।

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

यस वृद्धिदरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैंकले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ।

इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया

सरकारी तथ्यांकअनुसार पाँच प्रतिशत बायोइथानोल मिश्रणको आवश्यकता पूरा गर्न इन्डोनेसियालाई वार्षिक १० देखि १२ लाख किलोलिटर इथानोल आवश्यक पर्नेछ।

दक्षिण लेबनानमा स्थानीय र शान्ति सैनिकबीच झडप

संयुक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रवक्ताका अनुसार दक्षिण लेबनानमा शान्ति सैनिकको नियमित गस्तीका क्रममा स्थानीयले हातहतियारसहित अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो।

बिहीबार मध्यरातदेखि गाजामा इजरायली आक्रमण, कम्तीमा ११४ जनाको मृत्यु

इजरायलले विगत साढे दुई महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा समेत प्रतिबन्ध लगाएको छ।

दक्षिणी गाजामा इजरायलको हवाई आक्रमण, ५४ जनाको मृत्यु

यसअघि, उत्तरी र दक्षिणी गाजामा बुधबार भएको हवाई आक्रमणमा करिब दुई दर्जन बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु भएको थियो।

भारत–पाकिस्तान द्वन्द्व: जेएनयूले गर्‍यो टर्किएको इनोनु विश्वविद्यालयसँगको सम्झाैता निलम्बन

राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको जेएनयूले जनाएको छ।

उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका नेता मुहिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए।

सिरियामाथिको प्रतिबन्ध हटाउने अमेरिकाको घोषणा 

भ्रमणका क्रममा साउदी अरबमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने बताएका हुन्। 

भारतको पन्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

पन्जाबको अमृतसरमा अवैध रक्सी सेवनका कारण २१ जनाको मृत्यु भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

भारतमा केही उडान अझै रद्द, यात्रुलाई ट्राभल एड्भाइजरीको पालन गर्न आग्रह

भारतको निजी विमान सेवा प्रदायक एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट हुने उडान रद्द गरेको जानकारी दिएका छन्।

अमेरिका र चीन ११५ प्रतिशत कर कटौती गर्न सहमत

अमेरिका र चीनले वार्तापछि संयुक्त वक्तव्य जारी गर्दै तीन अंकको करलाई दुई अंकमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेको जनाएका छन्।

हमासले इजरायली–अमेरिकी बन्धक एडेन अलेक्जेन्डरलाई रिहा गर्ने

हमासले अक्टोबर ७ मा पक्राउ गर्दा २१ वर्षीय अलेक्जेन्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा कार्यरत थिए।

जेलेन्स्कीले भने– बिहीबार टर्किएमा पुटिनको प्रतीक्षा गर्नेछु

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामका बारेमा छलफल गर्न ‍रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग इस्तानबुलमा 'व्यक्तिगत रूपमा' वार्ता गर्न तयार रहेको बताएका छन्।

गाजामा जल संकट : दैनिक ५ लिटरभन्दा कम पानी पाउँछन् नागरिक

जल प्राधिकरणले इजरायललाई तत्काल सैनिक आक्रमण रोक्न, नाकाबन्दी अन्त्य गर्न र पानी आपूर्ति सेवामा संलग्न कामदारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

पानामाका पूर्वराष्ट्रपति मार्टिनेलीलाई कोलम्बियामा शरण

दक्षिणपन्थी राष्ट्रपति जोस राउल मुलिनोका सहयोगी मार्टिनेलीलाई सन् २०२३ मा सम्पत्ति शुद्धीकरणको अभियोगमा ११ वर्षको जेल सजाय सुनाइएको थियो।

युक्रेनसँग मे १५ मा प्रत्यक्ष वार्ता गर्ने पुटिनको प्रस्ताव

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किएभमा रुस प्रस्तावमा सहमत नभए मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य समर्थन दिने धम्की दिएका थिए।