हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।
बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ। गेम जोनमा वेल्डिङको काम भइरहेका बेला आगलागी भएको जनाइएको छ।
अमेरिकाले युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलर बराबरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ।
ईयूमा आबद्ध देशका राजदूतबीचको ‘कोरिपर’ सम्झौतालाई आउँदो सोमबार विदेशमन्त्रीहरूको बैठकले अनुमोदन गरेपछि सार्वजनिक गरिने जनाइएको छ।
शुक्रबार उत्तरी गाजापट्टीको जबालियामा रातभरको कारबाहीपछि बन्धकहरूको शव नियन्त्रणमा लिइएको इजरायली सेनाको भनाइ छ।
भियतनामको राजधानी हनोइको साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
सत्तारुढ दलबीचको विवाद र विपक्षी लेबर पार्टीसँग पराजय भोग्न सक्ने अनुमानका बीच प्रधानमन्त्री सुनकले संसद विघटन गरेको बताइएको छ।
बुरुन्डी, इथियोपिया, केन्या, सोमालिया, युगान्डा र तान्जानियामा मे १७ सम्ममा ४७३ जनाको मृत्यु भएको र झन्डै चार लाख १० हजार मानिस विस्थापित भएका छन्।
प्यालेस्टाइनलाई मान्यता दिने कदमको इजरायलले कडा विरोध गरेको छ।
गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको जनाइएको छ।
बन्दुकधारीहरूले त्यहाँका बासिन्दामाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन्। उनीहरूले सो क्रममा स्थानीयका घरहरूमा पनि आगो लगाएका थिए।
दुर्घटनामा नौ जना फसेको र उनीहरूमध्ये चार जनालाई भने उद्धार गरिएको कम्पनी स्रोतले जनाएको छ।
हमासका नेता याहया सिनवार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतविरुद्ध युद्ध अपराधको अभियोगमा पक्राउ पुर्जी जारी गर्न माग गर्दै आईसीसीमा निवेदन परेको छ।
दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको छ।
इरानको संविधानमा व्यवस्था भएबमोजिम, प्रथम उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार ग्रहण गर्नेछन्। तर, ५० दिनभित्र भने नयाँ राष्ट्रपति चयन गर्न चुनावमा जानुपर्ने हुन्छ।
इरानको सरकारी टिभीले एक अधिकारीलाई उद्धृत गर्दै कम्तिमा एक चालक दलका सदस्य उद्धारकर्ताहरूसँग सम्पर्कमा रहेको बताएको छ।
इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
गत हप्ता मात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो। जसमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘पछि नहट्ने’ बताएका छन्।