बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले हमासले इजरायली बन्धक मुक्त गरेमा ४० दिनका लागि युद्धविराम र हजारौँ प्यालेस्टिनी कैदीको रिहा गर्ने प्रस्ताव गरिएको बताए।
सेना प्रमुख जनरल अलेक्जेन्डर सिरेस्कीका अनुसार पूर्वी मोर्चामा युक्रेनको अवस्था खराब हुँदै गएको र त्यहाँ युक्रेनी सैनिकहरू पछि हट्नुपरेको छ।
यूएईका प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’को र हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारभन्दा ‘पाँच गुणा’ ठूलो हुने छ।
बैठकमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहनेछ। सो क्रममा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षबारे पनि छलफल हुनेछ।
विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि क्षति पनि भएको छ।
१२ अन्तर्राष्ट्रिय संस्थाको अध्ययनअनुसार कोका–कोला कम्पनी ‘ब्रान्डेड प्लास्टिक प्रदूषण’को सबैभन्दा ठूलो उत्पादक रहेको पाइएको छ। यसले विश्वव्यापी कुल प्रदूषण उत्पादनमा ११ प्रतिशत योगदान गर्दछ।
रिपोर्टले गाजा र सुडानमा खाद्य सुरक्षाको अवस्था बिग्रिँदै गएको उल्लेख गरेको छ। गाजामा मात्रै गम्भीर भोकमरीको सामना गरिरहेका पाँच लाख ७७ हजार मानिस रहेको बताइएको छ।
बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै विश्वका विभिन्न १८ देशले गाजामा युद्धविरामका लागि दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न हमाससँग आग्रह गरेका छन्।
तान्जेनियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमा १५५ जनाको मृत्यु भएको छ भने २३६ जना घाइते भएका छन्।
नियोनस्याट–१ एघार नानो उपग्रहमध्येको एक हो। यसलाई दक्षिण कोरियाले उपग्रह समूह बनाउनका लागि प्रयोग गर्ने योजना बनाइरहेको छ।
इजरायलको प्रमुख सहयोगी अमेरिकासहित देशहरूले ठूलो संख्यामा नागरिक हताहत हुने सम्भावना रहेको भन्दै रफाहमा सेना नपठाउन आग्रह गर्दै आएका छन्।
घोडाहरूलाई व्यस्त ट्राफिक र कोलाहलमा अभ्यस्त गराउन धेरै महिनासम्म लन्डनका सडकहरूमा दाैडाइन्छ। त्यसैका लागि रिहर्सल गर्ने क्रममा यो दुर्घटना भएको हो।
चीनले अमेरिकीहरूको डाटामा पहुँच पुर्याउन सक्ने वा एपको माध्यमबाट उनीहरूलाई सर्वेक्षण गर्न सक्ने भन्दै अमेरिकी सिनेटमा टिकटकमाथि प्रतिबन्धको आवाज उठ्दै आएको थियो।
१७औँ शताब्दीको शुरूमा प्रवेश गरेको अल थानी समूहले कतारलाई नियन्त्रण गरी शासन थालेको थियो। पछि अटोमन र बेलायती साम्राज्यले पनि शासन गरे। बेलायतबाट स्वतन्त्रता पाएको ५३ वर्षमै कतारले कसरी तरक्की गर्यो?
कन्जरभेटिभ राज्यमा गर्भपतन अधिकारको मत सफल भए पनि बाइडेनको पक्षमा मतदान हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै छ।
जियानमाथि युरोपेली संसद्का सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनलाई संवेदनशील जानकारी पठाएको आरोप छ।
मुइज्जु २०२३ काे सेप्टेम्बरमा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए।
हुथीहरूले लाल सागरमा इजरायलसँग सम्बन्धित जहाजहरूलाई निशाना बनाएर इजरायली सरकार र अमेरिकाका लागि लगातार समस्याहरू खडा गरेका छन्।
दक्षिणी गाजा शहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा ९ बालबालिकासहित १३ जनाको मृत्यु भएको छ।
यो निर्वाचनलाई राष्ट्रपति मोहम्मद मुइज्जुको चीनतर्फको झुकाव र ‘इन्डिया आउट’ अभियानको परीक्षाका रूपमा हेरिएको छ।