गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हमलामा २२ प्यालेस्टिनीको मृत्यु भएको छ।
जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ भने २०० भन्दा बढी बेपत्ता छन्।
भारतको प्रस्तावमा तमिल समुदायलाई मान्यता दिने गरि श्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ। तमिल समुदायले लामो समयदेखि राजनीतिक स्वायत्तताको माग गर्दै आइरहेको छ।
गोलीकाण्डका अभियुक्त पनि मृत फेला परेका छन्। उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीले आशंका गरेका छन्।
'रिभोलुसनरी गार्ड'का पूर्व जनरल कासिम सुलेमानीको हत्याको चौथो वर्षगाँठ मनाइँदै गरेको समारोहमा विस्फोट भएको हो।
दुर्घटनाका कारण विमानस्थलका सबै धावनमार्ग बन्द गरिएको थियो। जसका कारण ४० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्।
बेरुतको दक्षिणी उपनगर दहियाहमा इजरायलले गरेको ड्रोन आक्रमणमा हमासका उपप्रमुख सोलह अल अरौरीसहित सात जनाको मृत्यु भएको छ।
जापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ।
जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ।
जापानको इशिकावा प्रान्तमा सोमबार ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पपछि दिइएको सुनामीको चेतावनी भने जोखिम घटेपछि हटाइएको छ।
मंगलबार बिहान दक्षिणी बन्दरगाह शहर बुसानमा पत्रकार सम्मेलनका क्रममा म्युङमाथि छुरा हानिएको हो।
इजरायली एक अधिकारीले इस्लामवादी समूह हमासलाई परास्त नगरेसम्म युद्ध भने जारी रहने बताए।
जापानको मध्य भागमा सोमबार शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिइएको छ। जापानी प्रधानमन्त्री फुमियो किशिदाले नागरिकहरूलाई थप विपद्का लागि तयार रहन आग्रह गरेका छन्।
८३ वर्षीया मार्गरेट डेनमार्कको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन्। उनले सन् १९७२ मा आफ्नो बुबा राजा फ्रेडरिक नवाैँको मृत्युपछि शासन ग्रहण गरेकी थिइन्।
आवासीय भवन, अस्पताल धार्मिक स्थल, सपिङ मल आदिलाई लक्षित गरी इजरायली सेनाले गाजा क्षेत्रमा २९ हजार बम खसाएका छन्।
छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।
कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा त्यहाँका सर्वोच्च नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन्।
युक्रेनले ड्रोन आक्रमण गरेपछि बेल्गोरोडमा ठूलो आवाजका साथ विस्फोट भएको थियो। साथै गाडीका हर्न अस्वाभाविक ढंगले बजेको पनि सुनिएको थियो।
खानले सन् २०२४ फेब्रुअरी ८ मा हुने चुनावका लागि दुई स्थानबाट उम्मेदवारी दर्ता गराएका थिए। तर, त्यहाँको निर्वाचन आयोगले खानसहित उनका केही सहकर्मीको उम्मेदवारी अस्वीकृत गरेको छ।
ब्लुमबर्गको पछिल्लो रिपोर्ट अनुसार मस्कले फ्रान्सेली अर्बपति बर्नाड अर्नाल्टलाई पछि पार्दै पहिलो स्थानमा पुनरागमन गरेका हुन्।