AnonymousUser

Logout

भारतको तामिलनाडुमा भारी वर्षा: रेल तथा उडान सेवा रद्द

भारी वर्षा र बाढीका कारण बस्ती नै जलमग्न भएपछि विद्यालय र क्याम्पसमा बिदाको घोषणा गरिएको छ। सोमबार साँझसम्म सात हजार ५०० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भारतमा विपक्षी दलका ७८ सांसद निलम्बित

भारतमा विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसद निलम्बित भएका छन्। लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसद निलम्बित भएका हुन्।

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी

सियोल र वासिंटनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो।

इजरायली सेनाको आक्रमणबाट तीन बन्धकको मृत्युपछि तेल अभिवमा प्रदर्शन

इजरायली सैनिकको गोली प्रहारबाट गाजामा हमासले बन्धक बनाएका तीन जनाको ज्यान गएपछि तेल अभिवमा विरोध प्रदर्शन भएको छ।

हमासविरुद्ध दोस्रो चरणको हमला गर्ने रणनीतिमा इजरायल 

विश्वव्यापी दबाबसामु नझुक्ने बताएको इजरायलले गाजामा हमाससँगको अर्को चरणको युद्धबारे योजना बनाइरहेको बताइएको छ।

युक्रेनलाई आईएमएफको ९० करोड अमेरिकी डलर सहयोग

विस्तारित कोष सुविधाअन्तर्गत विनियोजन गरिएको रकमले युक्रेनलाई प्राथमिकताको बजेट खर्च व्यवस्थापन गर्न र समष्टिगत आर्थिक स्थिरता सुनिश्चित गर्न मद्दत गर्ने वित्तमन्त्री सेर्गी मार्चेन्कोले बताए।

ई–चुरोट प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोटको प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो।

चन्दा संकलन काण्डमा जापानका चार मन्त्रीले दिए राजीनामा

जापानको शक्तिशाली सत्तारुढ पार्टी एलडीपी संलग्न रहेको चन्दा संकलन काण्डमा चार जना मन्त्रीले राजीनामा दिएका छन्।

फिलिपिन्सले गर्‍यो १८० चिनियाँलाई देश निकाला

ती चिनियाँ नागरिकसँग ‘वर्क परमिट’ नभएको तथा अनलाइनबाट अवैध कारोबार गरेको पाइएपछि देश निकाला गरिएको फिलिपिन्सले जनाएको छ। 

राष्ट्रसंघको आपत्कालीन बैठकले पारित गर्‍यो इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन्।

जिम्बाब्वेमा खडेरीले सय हात्ती मरे

जिम्बाब्बेस्थित हृाङ्गे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ। 

एड्स महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने डाक्टरको ९५ वर्षको उमेरमा निधन

चीनमा रगत बेच्ने व्यवसायीले एचआईभी एड्स फैलाएको खुलासा गरेकी डा. याओजी सन् २००९ यता न्युयोर्क बस्दै आएकी थिइन्।

अर्जेन्टिनाका नवनिर्वाचित राष्ट्रपतिले लिए शपथ, ‘बिरामी अर्थतन्त्र’ सुधार्ने वाचा

५३ वर्षीय जेभियर मिलेई एक अर्थशास्त्री पनि हुन्। उनले आफ्नो चुनाव प्रचारका क्रममा अर्जेन्टिनाको अर्थव्यवस्था सुधार्ने वाचा गरेका थिए।

गाजाको आधा जनसंख्या भोकमरीको चपेटामा: राष्ट्रसंघ 

राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउले लडाइँ जारी रहेको गाजाका आधाभन्दा बढी जनसंख्याले भोकमरीको सामना गरिरहेको जनाएका छन्।

गाजामा युद्धविराम आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो

सुरक्षा परिषद्का १३ सदस्यले शुक्रबार यूएईद्वारा पेस गरिएको मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका छन्। 

गाजा युद्धमा इजरायली मन्त्रीका छोराको मृत्यु

सेनाका पूर्वप्रमुखसमेत रहेका मन्त्री गाडी आइसेनकोटका छोरा २५ वर्षीय मेजर गल आइसेनकोटको बिहीबार मृत्यु भएको छ।

बीआरआई परियोजनाबाट बाहिरियो इटाली

इटाली सन् २०१९ मा यस परियोजनामा सामेल भएको थियो। यो परियोजना मार्च २०२४ मा सकिँदै थियो।

अमेरिकाको लसभेगासमा गोली चल्दा ३ जनाको मृत्यु

प्रहरी कारबाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ। गोली चल्नुको कारण भने खुलेको छैन।

‘मिचोङ’ चक्रवात: दक्षिण भारतमा १३ जनाको मृत्यु, ३ लाख ९००० प्रभावित

तटीय बस्तीमा बाढी पसेपछि दक्षिणी भारतमा कम्तीमा तीन लाख ९० हजार मानिस प्रभावित भएका छन्। भारी वर्षाका कारण मंगलबार १४० भन्दा बढी रेल सेवा र ४० उडान रद्द गरिएको थियो।

डब्ल्यूएचओले भन्यो– गाजा मानवताको सबैभन्दा अन्धकार समयमा छ

दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका छन्।