अश्विनका अलावा रुतुराज गायकवाडलाई पनि मौका दिइएको छ। उनले एशियाली खेलकुदमा भारतीय टोलीको कप्तानी गर्नेछन्।
काठमाडौँ– अस्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिजका लागि भारतीय टोलीको घोषणा गरिएको छ। टोलीमा धेरै परिवर्तन गरिएको छैन। एशिया कप खेलेका अधिकांश खेलाडीलाई यो सिरिजमा मौका दिइएको छ।
यद्यपि, रोहित शर्मा र विराट कोहलीलगायत हार्दिक पाण्ड्याजस्ता खेलाडीलाई पहिलो दुई एक दिवसीय खेलमा विश्राम दिइएको छ। भारतीय टोलीमा रविचन्द्रन अश्विनले पनि पुनरागमन गरेका छन्। अश्विनका अलावा रुतुराज गायकवाडलाई पनि मौका दिइएको छ। तर, उनले एशियाली खेलकुदमा भारतीय टोलीको कप्तानी गर्नेछन्। यस्तो अवस्थामा उनको लागि यो सिरिजमा मौका पाउनु महत्त्वपूर्ण छ।
३७ वर्षीय अश्विन सन् २०१७ मा एक दिवसीय र टी–२० टोलीबाट बाहिरिएका थिए। त्यसपछि उनले सन् २०२१ मा टी–२० विश्वकप खेलेका हुन्। तर, उनले तीन खेलमा ६ विकेट मात्र लिन सके। भारतीय टोली त्यतिखेर सेमिफाइनलमा पनि पुग्न सकेन। यसपछि अश्विनले भारतीय टी–२० टोलीमा नियमित अवसर पाए, तर १६ खेलमा उनले जम्मा १४ विकेट मात्र लिन सके। उनको इकोनोमी रेट ७ भन्दा माथि थियो।
यस्तो अवस्थामा उनी २०२२ को टी–२० विश्वकपपछि टिमबाट बाहिरिएका थिए। उनले २०२२ को टी–२० विश्वकपको ६ खेलमा ६ विकेट लिएका थिए। उनको इकोनोमी रेट ८ भन्दा बढी थियो। तर, पाकिस्तानविरुद्धको खेलमा उनले एक महत्त्वपूर्ण रन बनाए पनि यसबाहेक ब्याटिङमा उनले खास केही गर्न सकेनन्।
त्यसयता उनले दुई एक दिवसीय खेल मात्र खेलेका छन्। सन् २०२२ मा उनले दक्षिण अफ्रिकाविरुद्धको सिरिजका दुई इनिङ्समा मौका पाएका थिए। उनले २० ओभर बलिङ गर्दै एक विकेट मात्र लिएका थिए। अश्विन टेस्टमा भारतका उत्कृष्ट बलर हुन्। यद्यपि, उनले एक दिवसीय र टी–२० मा निकै कम खेल खेलेका छन्।
अश्विनलाई मौका किन?
एक दिवसीय विश्वकप अक्टोबर र नभेम्बरमा भारतमा हुने तय छ। भारतमा अधिकांश मैदानको पिचले स्पिन बलरहरूलाई मद्दत गर्दछ। घरेलु मैदानमा विश्वकप खेल्ने भारतीय टोलीमा तीन स्पिन बलर छन्। ती तीनैजना देब्रे हाते स्पिनर हुन। रविन्द्र जडेजा र अक्षर पटेल लगभग सबै हिसाबले समान छन्। यस्तो अवस्थामा स्पिन पिचमा तीन स्पिन बलरलाई मौका दिइँदा अक्षर र जडेजालाई सँगै खेल्न गाह्रो हुने छ। श्रीलंकामा आइतबार सम्पन्न एशिया कपमा पनि अक्षरले प्रभावकारी प्रदर्शन गर्न सकेनन्। उनले २ इनिङ्समा १४ ओभर बलिङ गर्दै ७६ दिएर १ विकेट मात्रै लिए।
उनले सुपर फोरका दुई खेलमा मात्रै मौका पाएका थिए। भारतले श्रीलंकाविरुद्ध ४१ रनको जित हासिल गर्दा उनले ५ ओभर बलिङ मात्र गर्न पाए। २९ रन दिए। यस्तै, बंगलादेशविरुद्ध उनले ९ ओभर बलिङ गरे। ४७ रन खर्चिएका उनले हसन मिराजको विकेट मात्रै लिन सके। दुवै खेलमा उनी प्रभावकारी नदेखिँदा कप्तान रोहित शर्माले पूरा ओभर गर्न दिएनन्। अहिले अक्षर घाइते पनि छन्। उनलाई फिट हुन गाह्रो छ। यस्तो अवस्थामा रोहित र टोली छनोटकर्ता अजित आगरकर अश्विनलाई तेस्रो स्पिनर विकल्पका रूपमा राख्न तयार भएका हुन्।
यदि अक्षर समयमै फिट भएनन् भने उनको स्थानमा अश्विनलाई विश्वकप टोलीमा समावेश गर्न सकिन्छ। अश्विन पनि ब्याटिङबाट उपयोगी इनिङ्स खेल्न सक्षम छन्। टोलीमा उनको आगमनले स्पिन बलिङमा विविधता ल्याउने आशा गरिएको छ। उनले विशेष गरी बायाँ हाते ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छन्। जसका कारण टोली व्यवस्थापनले उनलाई प्राथमिकतामा राखेका हुन्।
भारतीय टोली (पहिलो दुई एक दिवसीय खेलका लागि)
के एल राहुल (कप्तान) शुभमन गिल, रुतुराज गायकवाड, श्रेयस अय्यर, इशान किशन, सूर्यकुमार यादव, रविन्द्र जडेजा (उपकप्तान), शार्दूल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, मोहम्मद शमी, तिलक वर्मा, प्रसिद्ध कृष्ण, रविचन्द्रन अश्विन र वाशिंगटन सुन्दर
तेस्रो खेलका लागि
रोहित शर्मा (कप्तान), शुभमन गिल, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), इशान किशन, सूर्यकुमार यादव, रवीन्द्र जडेजा, शार्दूल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, मोहम्मद शामी, हार्दिक पाण्ड्या (उपकप्तान), विराट कोहली, कुलदीप यादव, अक्षर पटेल (फिटनेसमा शंका), रविचन्द्रन अश्विन र वाशिंगटन सुन्दर
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
