जितका लागि पाएको २७४ रनको लक्ष्य भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। भारतका लागि विराट कोहलीले सर्वाधिक ९५ रनको योगदान दिए।
काठमाडौँ– आईसीसी विश्वकपमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ।
आइतबार राति शीर्षक्रमका ब्याटर विराट कोहली र तीव्र गतिका बलर मोहम्मद शामीको उत्कृष्ट प्रदर्शनमा भारतले लगातार पाँचौँ जित दर्ता गरेको हो। जितसँगै भारत १० अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ।
धर्मशालामा जितका लागि पाएको २७४ रनको लक्ष्य भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। भारतका लागि विराट कोहलीले सर्वाधिक ९५ रनको योगदान दिए। उनले १०४ बलमा ८ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित शर्माले ४० बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोडे। शुभमन गिल २६, श्रेयस ऐर ३३ र केएल राहुल २७ रनमा आउट भए।
रविन्द्र जडेजा ३९ रनमा नटाउट रहे। न्युजिल्यान्डका लोकी फर्गुसनले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल सान्टनारले १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २७३ रनको योगफल तयार पारेको थियो।
न्युजिल्यान्डका डर्याल मिचेलले १३० रनको सानदार शतकीय इनिङ्स खेलेका थिए। उनले १२७ बलमा ९ चौका र ५ छक्का प्रहार गरेका थिए। रचिन रविन्द्रले ७५, विल योंगले १७ तथा ग्लेन फिलिप्सले २३ रनको यक्षगदान दिए।
भारतका मोहम्मद शामीले ५ तथा कुलदीप यादवले २, जस्प्रित बुमराह र मोहम्मद शामीले समान १–१ विकेट लिए।
जारी प्रतियोगितामा पहिलो हार बेहोरेको न्युजिल्यान्ड ८ अंकका साथ दोस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
