न्युजिल्यान्डले पाहुना टोली भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
काठमाडौँ– टम लेथमको शतकीय इनिङ्स प्रेरित घरेलु टोली न्युजिल्यान्डले भारतविरुद्धको पहिलो एकदिवसीय खेल जितेको छ।
शुक्रबार सम्पन्न खेलमा न्युजिल्यान्डले पाहुना टोली भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको हो।
भारतले दिएको ३०७ रनको लक्ष्य घरेलु टोलीले १७ बल बाँकी रहँदै ३ विकेट गुमाएर पूरा गर्यो। न्युजिल्यान्डका लागि टम लेथमले अविजित रहँदै सर्वाधिक १४५ रन बनाए। उनले १०४ बलमा १९ चौका र ५ छक्का प्रहार गरे।
कप्तान केन विलियम्सले ९८ बलमा अविजित ९४ रनको अर्धशतकीय इनिङ्स खेले। डेभोन कन्वेले २४ र फिना एलेनले २२ रन बनाए।
भारतका लागि उमरान मल्लिकले १० ओभर बलिङ गर्दै ६६ रन खर्चिएर २ विकेट लिए। शार्दुल ठाकुरको नाममा १ विकेट रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३०६ रन बनाएको थियो। भारतका लागि कप्तान शिखर धवन, शुभमन गिल र श्रेयर एयरले अर्धशतक बनाए।
अय्यरले ७६ बलमा ४ चौका र ४ छक्कासहित ८० रन बनाए। कप्तान धवनले ७७ बलमा १३ चौकासहित ७२ रन बनाए। ओपनर गिलले ६५ बलमा १ चौका र ३ छक्कासहित ५० रन बनाएका थिए।
वासिङ्टन सुन्दरले ३७, सन्जु सामसन ३६ र ऋषभ पन्त १५ रनमा आउट भए। घरेलु टोलीका लागि टिम साउदी र लक्की फर्गुसनले समान ३/३ विकेट लिए। एडम मिल्नीको नामा १ विकेट रह्यो।
दुई टोलीबीचको दोस्रो एकदिवसीय आइतबार हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
