मानिसलाई चन्द्रमाको भ्रमणमा लैजाने योजनाअनुरूप आर्टमिस मिसनले ओरियन क्याप्सुललाई परीक्षण मिसनमार्फत चन्द्रमातर्फ पठाइएको हो।
अमेरिकी अन्तरिक्ष केन्द्र नासाको आर्टमिस मिसनमार्फत चन्द्रमामा पठाइएको ओरियन क्याप्सुलले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।
परीक्षण मिसनमा गएको ओरियन क्याप्सुल सोमबार पृथ्वीभन्दा ४ लाख ३० हजार किलोमिटर टाढा पुगेको हो। मानिसलाई चन्द्रमामा लैजाने तयारीका लागि बनेको रकेट क्याप्सुलले यति टाढासम्मको भ्रमण गरेको यो पहिलोपटक हो। सोमबारको उपलब्धि नासाको मिसनका लागि कोसेढुंगा साबित भएको बीबीसीले उल्लेख गरेको छ।
“यस उपलब्धिले हामीलाई चन्द्रमामा कति दिन रहने भन्ने कुरा सिकाउँछ, ता कि हामीले ज्ञान प्राप्त गर्न सकौँ”, नासाको आर्टमिस मिसनका व्यवस्थापक माइक सराफिनले भने, “यो मध्यबिन्दुले हामीलाई आगामी मिसनका लागि पछि हट्न वा अघि बढ्न, जोखिम कम गर्न र होसियारी अपनाउन अवसर दिएको छ।”
मानिसलाई चन्द्रमाको भ्रमणमा लैजाने योजनाअनुरूप आर्टमिस मिसनले ओरियन क्याप्सुललाई परीक्षण मिसनमार्फत चन्द्रमातर्फ पठाइएको हो। यतिबेलाको परीक्षण प्रक्षेपणमा सो रकेट अन्तरिक्ष यात्री बिना नै चन्द्रमामा गएको हो।
चन्द्रमामा २६ दिने बिताउने लक्ष्यसहित ओरियन क्याप्सुललाई गत नोभेम्बर १६ तारिखमा जोन एफ केनेडी अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो। अन्तरिक्ष यात्रीलाई चन्द्रमामा लैजान सम्भव बनाउने तरिकाले प्रणाली बिस्तार गर्न यो प्रक्षेपण भएको हो।
नासाका प्रशासन प्रमुख बिल नेल्सन भन्छन्, “हामी चन्द्रमामा जाने र पृथ्वीमा फर्कने कुरा मात्रै गरिरहेका छैनौँ आर्टमिसले चन्द्रमाको तनावपूर्ण वातावरणमा बस्ने र काम गर्ने, आविष्कार गर्ने, सिर्जना गर्ने र अन्ततः चन्द्रमामै बस्ने मानिस बन्ने प्रयास गरिरहेका छौँ।”
कुनै पनि अवरोध बिना पूरा भए आगामी दुई वर्षभित्र अन्तरिक्ष यात्रीसहित रकेट चन्द्रमामा पठाइने लक्ष्य छ।
नासाले यसअघि कठिन मानिएका शृंखलाबद्ध मिसनको योजना बनाइरहेको छ। नासाका सबै योजना आर्टमिस मिसनअन्तर्गत पर्छन्। जसमा नासाले ५० वर्षअघि चन्द्रमामा मानव पाइला परेको इतिहास पुनः दोहोर्याउन चाहन्छ।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
