भारतीय क्रिकेट छनोट समितिका अध्यक्ष चेतन शर्माले राजीनामा दिएपछि भारतीय टेस्ट टोली उपकप्तानविहीन छ।
काठमाडौँ– बोर्डर गावस्कर ट्रफीको अन्तिम दुई टेस्टमा भारतीय टोलीमा कुनै परिवर्तन गरिएको छैन। तर, भारतीय क्रिकेट छनोट समितिका अध्यक्ष चेतन शर्माले राजीनामा दिएपछि भारतीय टेस्ट टोली उपकप्तानविहीन छ।
केएल राहुल पहिलो दुई टेस्टमा उपकप्तान थिए। तर, उनको प्रदर्शन खस्किएको छ। पछिल्लो पाँच टेस्टमा राहुलले १३ को औसतमा ११७ रन मात्र बनाएका छन् र २३ को उत्कृष्ट स्कोर छ।
अहिले छनोट समितिले टोलीमा कुनै पनि खेलाडीलाई उपकप्तान तोकेको छैन। जयदेव उनादकटलाई रणजी ट्रफीको फाइनलको दोस्रो टेस्ट अघि रिलिज गरिएको थियो। अहिले उनी टोलीमा फर्किएका छन्।
उनादकटको कप्तानीमा सौराष्ट्रको टोली यस पटक रणजी ट्रफी च्याम्पियन बनेको थियो। उनादकटले भारतको एकदिवसीय टोलीमा पनि स्थान बनाएका छन्। उनले प्लेइङ ११ मा स्थान बनाउन मोहम्मद शामी, मोहम्मद सिराज, उमरान मलिक र शार्दुल ठाकुरजस्ता खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।
उनादकटले अन्तिम पटक २०१३ मा भारतीय टोलीबाट एकदिवसीय खेलेका थिए। हालै भएको विजय हजारे ट्रफीमा उनको प्रदर्शनबाट छनोटकर्ता प्रभावित भएका थिए। उनी १० खेलमा १९ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। उनले सौराष्ट्रलाई उपाधि जिताउन पनि मद्दत गरे।
घुँडाको शल्यक्रियापछि रवीन्द्र जडेजा टेस्ट क्रिकेटमा फर्किएका छन्। उनको नाम एकदिवसीय क्रिकेटमा पनि छ। तर, ढाडको चोटबाट निको भइरहेका जसप्रित बुमराह अझै टिमबाट बाहिर छन्।
अस्ट्रेलियाविरुद्धको तेस्रो र चौथो टेस्टका लागि भारतको टोलीः
रोहित शर्मा (कप्तान), लोकेश राहुल, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली, केएल राहुल (विकेटकिपर), इशान किशन (विकेटकिपर), आर अश्विन, अक्षर पटेल, कुलदीप यादव, रविन्द्र जडेजा, मोहम्मद शामी, मोहम्मद सिराज, श्रेयस अय्यर, सूर्यकुमार यादव, उमेश यादव, जयदेव उनादकट
एकदिवसीयको उपकप्तान हार्दिक
यता, रोहित शर्माले पारिवारिक कारण अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल गुमाउने छन्। उनको अनुपस्थितिमा उपकप्तान हार्दिक पाण्ड्याले मार्च १७ मा टोलीको नेतृत्व गर्नेछन्।
अस्ट्रेलियाविरुद्धको भारतको एकदिवसीय टोलीः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, केएल राहुल, इशान किशन (विकेटकीपर), हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, कुलदीप यादव, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, मोहम्मद शमी, मोहम्मद सिराज, उमरान मलिक, शार्दुल ठाकुर, अक्षर पटेल, जयदेव उनादकट
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
