ललितपुर मेयर्स कपमा तीन खेलबाट चार अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ।
काठमाडौँ– ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश जारी ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमले मधेश प्रदेशलाई शनिबार सम्पन्न खेलमा सात विकेटले पराजित गरेको हो। ऋतुले अविजित २१ रनको योगदान दिनुका साथै विपक्षी टोलीको दुई विकेटसमेत लिइन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेश प्रदेशले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सबै विकेट गुमाएर ६५ रन बनायो। सुदूरपश्चिमले ६६ रनको विजयी लक्ष्य १०.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो।
सुदूरपश्चिमका लागि कनौजियाले अविजित २१, रुबी पोदारले अविजित १४ तथा कप्तान विन्दु रावलले १० रनको योगदान दिइन्। बलिङतर्फ मधेशका लागि अनुराधा चौधरी, सरस्वती चौधरी र सन्तोषी चौधरीले एक एक विकेट लिइन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेशका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाएका थिए। बलिङतर्फ सुदूरपश्चिमका लागि लक्ष्मी साउदले तीन, ऋतु कनौजिया र सम्झना खड्काले दुई दुई तथा ईश्वरी विष्ट र कविता जोशीले एक एक विकेट लिइन्।
जितसँगै सुदूरपश्चिमले तीन खेलबाट चार अंक जोडेको छ। सुदूरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा छ। मधेश प्रदेश अंकविहीन बन्दै पुछारमा छ। अहिले कीर्तिपुर मैदानमा कोशी प्रदेश र एपीएफ क्लबबीच दोस्रो खेल भइरहेको छ। कोशीले जितका लागि एपीएफ क्लबलाई ८८ रनको लक्ष्य दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
