हिमाचल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ। प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन।
उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढीपहिरामा परी कम्तिमा २९ जनाले ज्यान गएका छन् भने कैयौँ घाइते भएका छन्। बाढी पहिराका कारण पुलपुलेसा भत्किएका छन्, सडक अवरुद्ध भएका कारण धेरै क्षेत्रहरू सडक सञ्जालबाट विच्छेद बनेका सरकारी अधिकारीहरूले बताएका छन्।
टेलिभिजन फुटेजमा सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाचल प्रदेशको पहाडी भेगमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरो, सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको देखाइएको थियो।
“विगत दुई दिनमा, हिमाचल प्रदेशमा मनसुनको वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ,” राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भनेका छन्।
राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कश्मीरका हिमाली क्षेत्रमा थप नौ जनाले ज्यान गुमाएका छन्। सरकारी अधिकारीहरूका अनुसार हिमाचल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ। प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन।
यसैबीच, एएनआईका अनुसार पन्जाब, उत्तराखण्ड र हिमाचल प्रदेशका बाढीपीडितलाई सघाउन राष्ट्रिय आपद् प्रतिकार्य बल (एनडीआरएफ) ११ टोली तैनाथ गरिएका छन्। लगातार तेस्रो दिनको वर्षाले यी राज्यमा उद्धार तथा राहतका काम सहजतापूर्वक सञ्चालन गर्न सकिएको छैन। तर एनडीआरएफका कर्मचारीले हरसम्भव काम गरिरहेका छन्।
वर्षाका बीच र राति पनि उद्धारलाई जारी राखिएको, पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी राज्य प्रशासनका उच्च अधिकारीहरूको प्रत्यक्ष निगरानीमा राहत सामग्री प्रदान गरिएको छ। अलपत्र परेका मानिसहरूलाई पनि एनडीआरएफका जवानले उद्धार गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
