पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।  

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जसका कारण देशभर सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, लुम्बिनी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखी सामान्य बदली रहनेछ।

पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

कोशीलगायत देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।