मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन ढिला शुरू भएका कारण धान रोपाइँ कम भएको छ। हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ। वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ।
पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारी रूपमा भएको छैन।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार साउन ५ गतेसम्म मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ भएको थियो। मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुन ढिला शुरू भएका कारण धान रोपाइँ कम भएको उनको भनाइ छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। “अहिले मनसुन ब्रेकको अवस्था छ। वर्षाका क्रममा केही कमी आएको छ। वर्षा नै नहुने भन्ने त हैन तर, विगतका दिनको तुलनामा कम वर्षा हुने देखिन्छ,” महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भने, “मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले वर्षा कम भएको हो।”
महाशाखाकै अर्का मौसमविद् रोजन लामिछानेले पनि मनसुनी वर्षा पर्याप्त नहुँदा धान रोप्न किसानलाई समस्या भएको उल्लेख गरे। “हरेक वर्ष मनसुनको एउटै ‘प्याट्रन’ हुँदैन। तर, यो वर्ष मनसुन केही कमजोर देखिएको छ, अझै दुईरतीन दिन वर्षा राम्ररी हुने अवस्था देखिँदैन,” उनले भने, “मनसुन कमजोर रहे पनि खण्डित रूपमा मुलुकभर वर्षा भइरहेको छ।”
कृषि विभागको विवरणमा कर्णाली प्रदेशमा लम्पी स्किन रोगका कारण गोरुको अभाव भई रोपाइँ प्रभावित भएको उल्लेख छ। अरू प्रदेशमा पनि लम्पी स्किनले रोपाइँमा प्रभाव पारेको बताइएको छ।
सुदूरपश्चिम प्रदेशमा रोपाइँ करिब सकिएको छ। बिस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएकाले धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने विभागको अपेक्षा छ। मध्यतराईमा साउन मसान्तसम्ममा ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको विभागले उल्लेख गरेको छ।
मनसुनी वर्षा ३७ प्रतिशत मात्रै
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार जारी मनसुनमा हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ।
जुन १ देखि जुलाई २१ तारिखसम्म देशभर सरदर ५३८.२ मिलिमिटर वर्षा भएको शाखाका मौसमविद् सुदर्शन हुमागाईंले बताए। जुन सरदर वर्षाकै हाराहारी हो पुरै मनसुन अवधिभर अर्थात् चार महिनामा नेपालमा एक हजार ४६२ मिलिमिटर वर्षा हुन्छ।
यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपाल प्रवेश गरेको थियो। नेपालमा सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्मको अवधिलाई मनसुन मानिन्छ। यसअघि विगतका वर्षभन्दा यो वर्ष मनसुनी वर्षामा हुने प्रक्षेपण गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
