प्रशिक्षक टोलीसँगै रोहित शर्मा, विराट कोहली र केएल राहुललाई पनि भारतीय टोलीबाट आराम दिइएको छ।
काठमाडौं– आईसीसी टी–२० विश्वकपको सेमिफाइनलबाट भारत बाहिरिएसँगै मुख्य प्रशिक्षक राहुल द्रविडलाई 'ब्रेक' दिइएको छ। बिहीबार सम्पन्न खेलमा इङ्ग्यान्डसँग भारत १० विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले द्रविडको स्थानमा भीभीएस लक्ष्मणलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। उनको नेतृत्वमा भारतले नोभेम्बर १८ देखि न्युजिल्यान्ड भ्रमण गर्नेछ।
पीटीआईको रिपोर्टअनुसार ऋषिकेश कानिटकरले ब्याटिङ र साईराज बाहुले बलिङ प्रशिक्षकको भूमिका निर्वाह गर्ने छन्। राष्ट्रिय क्रिकेट एकेडेमीका सञ्चालक लक्ष्मणले यसअघि भारतीय टोलीको कार्यवाहक मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्। उनी यसअघि जिम्बाब्वे र आयरल्यान्डको भ्रमणमा भारतीय टोलीसँग थिए।
उनले विश्वकपअघि दक्षिण अफ्रिकाविरूद्धको एकदिवसीय सिरिजमा पनि कार्यवाहक मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। यसै वर्ष फेब्रूअरीमा यू-१९ विश्वकपको उपाधि जितेको भारतीय टोलीको पनि उनीले नै जिम्मेवारी सम्हालेका थिए।
भारत र न्युजिल्यान्डबीचको तीन खेलको टी–२० सिरिज आगामी शुक्रबार शुरू हुँदैछ। न्युजिल्यान्ड भ्रमणलगत्तै भारतीय टोलीले बंगलादेशको भ्रमण गर्ने छ। द्रविड सोही भ्रमणमा भारतीय टोलीमा सहभागी हुने छन्। भारतले नोभेम्बर ३० मा न्युजिल्यान्डसँग तेस्रो एकदिवसीय खेल खेल्नेछ। यता, बंगलादेशसँगको तीन खेलको सिरिज ४ डिसेम्बरबाट शुरू हुनेछ।
प्रशिक्षक टोलीसँगै रोहित शर्मा, विराट कोहली र केएल राहुललाई पनि भारतीय टोलीबाट आराम दिइएको छ। न्युजिल्यान्डविरूद्धको टी–२० क्रिकेटमा हार्दिक पान्ड्याले भारतीय टोलीको कप्तानी गर्नेछन् भने एकदिवसीय सिरिजमा शिखर धवनले कप्तानी गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
