हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प

हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर आइतबार दिउँसो ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

काठमाडौँ– हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २:३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले यहाँ विभिन्न समयमा साना-ठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ।