एसीसी प्रिमियर कप: हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य

एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ।

एसीसी प्रिमियर कप: हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य
नेपाल क्रिकेट संघ

काठमाडौँ– एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा हङकङले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो।

हङकङका लागि बाबर हायतले शतक प्रहार गरे। उनले १२६ बलमा ७ चौका र ७ छक्कासहित ११७ रन बनाए। शाहिद वासिफले ४५ तथा एहसान खानले अविजित ३५ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर ४ विकेट लिए। शेर मल्लले १० ओभरमा २७ रन खर्चेर ३ विकेट हात पारे।