बेल्जियमलाई २–१ ले हराउँदै स्पेन सेमिफाइनलमा

स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

बेल्जियमलाई २–१ ले हराउँदै स्पेन सेमिफाइनलमा
रोयटर्स

काठमाडौँ- स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ।

स्पेनका लागि फाबियान रुइजले ३०औँ मिनेटमा पहिलो गोल गरे भने माइकल मेरिनोले ८८औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्‍याए।  

बेल्जियमले एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न भने सफल भएन। बेल्जियमका लागि चार्ल्स डे केटेलारेले ४१औँ मिनेटमा बराबरी गोल गरेका थिए। स्पेनले अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।